• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

पुष्पखेतीको सम्भावना प्रचुर


पुष्पखेतीको सम्भावना प्रचुर

काठमाडौँ \मुलुकका ३६ जिल्लामा दुई हजार ९४१ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्पखेतीबाट रु ६७ करोड १४ लाख ४६ हजार आम्दानी भएको छ भने कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष रु ४५ करोडले योगदान पुगेको छ ।

पुष्प व्यवसायीको छाता सङ्गठन ‘फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल’ (फ्यान) स्थापना भएको करिब २५ वर्षपछि सरकारले सार्वजनिक गरेको व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२ मा सो कुरा उल्लेख छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा सार्वजनिक गरिएको उक्त सर्वेक्षणअनुसार सबैभन्दा धेरै तामाङको २८ प्रतिशत सहभागिता छ ।

flower-2

विभागका उपमहानिर्देशक रुद्र सुवाल र बद्री कार्कीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको उक्त सर्वेक्षणमा हिमाल र पहाडमा आठ आना तथा तराईमा १० धुर जमिनलाई आधार मानी तथ्याङ्क सार्वजनिक गरिएको छ । सर्वेक्षणमा ५६१ व्यवसायीले पुष्पखेती व्यवसाय सञ्चालन गरेका र सबैभन्दा धेरै प्रदेश नं ३ मा ३८१ व्यवसायी आवद्ध रहेको उल्लेख छ ।

नेपालमा पुष्पखेती व्यावसायिक ढङ्गले सुरुवात भएको करिब २३ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुनसकेको छैन । संस्कार र संस्कृतिलाई जोड्ने हेतुका रुपमा प्रयोग गरिने पुष्प व्यवसाय भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेविया, इटालीलगायतका मुलुकबाट आयात भइरहेको बताइन्छ । गत वर्ष गुलाफको फूल मात्र रु ४० लाखको आयात भएको थियो । सबैभन्दा धेरै काठमाडौँमा २८३ फार्म, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा फार्ममा पुष्पखेती व्यवसाय भइरहेको सर्वेक्षणमा उल्लेख छ ।

rose-flower-1

सर्वेक्षणले २७९ पुष्पखेती व्यवसायीले प्रमुख उत्पादन मौसमी, बहुवर्षे, आलङ्कारिक, बिरुवा भएको देखाए पनि ४७ व्यवसायीले कटफ्लावर, २२० ले लुज फ्लावर, १४ ले गार्डेन दुबो र एक व्यवसायीले बीउ उत्पादन गरिरहेका छन् ।

पुष्प व्यवसायी विश्वमणि पोखरेल बजारमा फूलको माग बढेको भए पनि आवश्यकताअनुसारको उत्पादन दिन नसकिएको बताउनुहुन्छ । गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायतका नेपाली कट फ्लावरको माग नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिका लगायतका देशमा भइरहेको बताइन्छ ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ तर उत्पादन छैन । करिब रु पाँच अर्बको लगानी रहेको पुष्प व्यवसायमा हाल ७२ हजार ३८५ व्यक्तिले रोजगार पाइरहेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले उत्पादनको भरपुर सम्भावना भए पनि बढ्दो मागलाई ध्यान दिन नसकिएको बताउनुभयो ।

godawari

सर्वेक्षणले मौसमी पुष्पअन्तर्गत सयपत्री, पिटुनिया, डालिया, जिनिया, प्यान्जी, बहुवर्षे पुष्पतर्फ गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कार्नेसन, आलाङ्कारिक पुष्पतर्फ धुपी, हेज, पाम, अशोका, एरिका कटफ्लावरतर्फ कर्नेशन, जर्वेरा, गुलाफ, ग्याडुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्ते र ताराको व्यावसायिक खेती गरिएको सर्वेक्षणमा उल्लेख छ ।

पुष्प व्यवसायमा काठ र बाँसबाट ९९६ टनेल, १८२ ग्रिन हाउस, जिआइ पाइप फ्रेमबाट ४३ ग्रिन हाउस, एसएस पाइप फ्रेमबाट ३१ ग्रिन हाउस, २६ वटा टनेलमार्फत थप पुष्पखेती गरिएको सर्वेक्षणले देखाएको छ । फूल निर्यातमा प्रचुर सम्भावना छ तर कामभन्दा कुरा धेरै गर्ने नीति निर्माताको अदुरदृष्टिका कारण आयात प्रतिस्थापन गर्न सकिएको छैन भन्नुहुन्छ, पुष्प व्यवसायी विश्वमणि पोखरेल ।

विभागका महानिर्देशक सुमनराज अर्यालले पुष्पखेती व्यवसाय सञ्चालकमध्ये २९ प्रतिशत प्रमुख सञ्चालक रहनु सकारात्मक रहेको बताउनुभयो ।

godawary-flower

सामान्यस्तरमा सुरु भएको पुष्पखेती व्यवसाय आव २०७०/७१ मा सिजनल फूल बिरुवातर्फ रु २१ करोड ६८ लाख, आलङ्कारिक बोट बिरुवातर्फ रु ३८ करोड १५ लाख, कट फ्लावर्सतर्फ रु २० करोड ४५ लाख, ल्यान्डस्केप तथा गार्डे्निङतर्फ रु १७ करोड चार लाख, खुला फूलतर्फ रु छ करोड ७० लाख, सामग्री आपूर्तितर्फ रु १२ करोड ४० लाख, अन्यतर्फ रु आठ करोड ३३ लाख र निर्याततर्फ रु तीन करोडको कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

भाडामा लिएर पुष्पखेती गर्ने ६१ प्रतिशत, आफ्नो जग्गा आफँै चलन गरी खेती गर्ने ३८ र अन्य उपभोगअन्तर्गत पुष्पखेती गर्ने एक प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

त्यसैगरी २६ प्रतिशतले ऋण लिएकोमध्ये ३६ ले सहकारी, २७ ले कृषि विकास बैंक, २६ ले अन्य वित्तीय संस्था र ११ प्रतिशतले अन्य स्रोतबाट ऋण लिएर व्यवसाय गरेको उल्लेख छ ।

प्रचुर सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

तिरहुत गाउँपालिकाद्वारा १० वटा उन्नत जातका बोयर क्रस बोका नि:शुल्क बितरण

तिरहुत गाउँपालिकाद्वारा १० वटा उन्नत जातका बोयर क्रस बोका नि:शुल्क बितरण

नेपालमा जापानी बीउको अत्यधिक माग

नेपालमा जापानी बीउको अत्यधिक माग

किसानलाई दिँदै आएको मलको अनुदान घट्यो, युरिया प्रतिकिलो ११ रुपैयाँ महँगो

किसानलाई दिँदै आएको मलको अनुदान घट्यो, युरिया प्रतिकिलो ११ रुपैयाँ महँगो

कृषि   मल खरिदका लागि साढे २१ अर्ब रकम विनियोजन भइसक्दा पनि किसानको माग धान्नै मुस्किल

कृषि मल खरिदका लागि साढे २१ अर्ब रकम विनियोजन भइसक्दा पनि किसानको माग धान्नै मुस्किल

जीटुजी’ मलको पहिलो ¥याक रक्सौल आइपुग्यो

जीटुजी’ मलको पहिलो ¥याक रक्सौल आइपुग्यो

किसानका धान खरिद गर्दै सरकार

किसानका धान खरिद गर्दै सरकार

ताजा समाचार
इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो