बिरेन्द्र साह

sahbiru@gmail.com
“जाग लम्क चम्क है नौ जवान हो, आफ्नै देश बनाउनलाई आफ्नै गाउँ घर बनाउन उठौं जाग हौं”
समय परिवर्तनशील छ । समाज बदलिदो समयानुसार चलिरहन्छ । शायद गीतले युवाहरुलाई आफ्नो समाजिक विकास र प्रगति गर्न घच्चघचाईरहेको छ । सामाजिक विकास उत्थान युवालाई तान्नको लागि उक्त गीतको माग अनुरुप नयाँ पुस्ताले नवीन विचार समाजलाई दिन सकिरहेको छैन् । उही पुराना बुढापाकाहरुले समाजको नेतृत्वपंक्ति समहाल्दै आएको छ ।
सामाजिक विकासमा युवाको प्रतिनित्व नहुनुको मुख्य कारण आफूले गर्ने काममा असफलता हुने हो कि वा समाजले साथ नदिने हो कि मनोचिन्तन देखिन्छ । कुनै कारणवश केही युवा नेतृत्व र नेता बन्न आउँछ भने त्यो दिर्घकालिन टिक्न सक्दैन ।
यसको कारण के त ? के उक्त युवाहरुसंग कुनै दिर्घकालिन योजना छैन् अथवा नवीन विचार सोच र उद्देश्य प्राप्तिको लागि न हिडी कसैको दवाव प्रभावमा चलिरहेको हुन्छ ? कुरा जे जस्तो भएपनि युवाहरु नेतृत्वबाट हारेको हो त ? नेतृ वा नेता बन्न समाजले बन्चित गरेको त होइन ? अथवा समाजको परिवर्तनमा आफ्नो एक मतले के नै हुन्छ भन्ने प्रश्न पनि आजका युवामा उठ्न सक्ला ? उनीहरु आजको युगमा पनि नेता बन्न चाहँदैनन् कारण उनीहरुको सोचमा एउटै समस्या देखिरहन्छ झुठो बोल्नु, अरुलाई ठग्नु वा सामाजिक परिवेश भन्दा आफूलाई कमाउने खाने भाडोको रुपमा लिने गर्नु । तर त्यो समाजलाई अग्रगामी निकास दिने सकारात्म सोचका साथ नेता बन्ने चाहना नराखि आफूलाई समाजमा एउटा शक्तिको लागि मात्र स्थापना गर्न कामहरु गरिरहेको हुन्छ ।
अचेल एउटा धारणा के छ भने नेता बन्नको लागि कुनै पार्टीको झण्डा बोक्नु वा सदस्यता लिई राजनीतिक गर्नु मात्रै नेता वा नेतृत्व गर्नु हो । वास्तवमा एउटा कलाकार पनि नेता अन्तर्गत पर्दछ । जसमा नयाँ सोच विचार र योजना हुन्छन् त्यो नेता कहलिन्छ । नेपाली कलाकारका महानायक राजेश हमाल पनि आफ्नो फिल्मी दुनियाँमा नेता हुन् । उहाँमा नयाँ सोच विचार सहित योजनाबद्ध तरिकाले अरुको साथ पाई चल्ने बानी छ । त्यसैले उहाँ नेता हुनु भो ? एउटा युवा जसले आफ्नो गाउँ घरको समस्या पहिचान गरी उद्देश्य प्राप्तका लागि योजनाबद्ध तरिकाले समाधान खोज्छ त्यो युवा नेताको दर्जा भित्र पर्न सक्छ । जस्तो कि गाउँ एकदमै फोहोर छ, मानिसहरु बिरामी परिरहेका छन्, त्यस बेला कुनै युवाले सरसफाई प्रति जागरण गराउँदै सरसफाई गर्छ भने त्यो पनि एउटा गाउँको नेता अन्तर्गत पर्न सक्छ । किन कि उसमा गाउँलेहरुको साथ र सहयोग लिएर नेतृत्व गर्ने क्षमता छ ।
नेता त्यो हो जसले आफ्नो नयाँ विचारको निर्माण गरी योजना र समाधान गरी उद्देश्य प्राप्तिमा अडिग रहन्छन् । हाम्रो समाजमा आ–आफ्ना क्षेत्रका लगनशील धेरै नेता छन्, वहाँहरुमा नेतृत्व गर्ने क्षमता छ । तर नेतृत्व गर्दैमा समाजको समस्या समाधान एकै चोटी हुँदैन । चालचलन सामाजिक धरातल, आर्थिक धरातल, नैतिकवान, श्रोता वक्ता र परिवर्तन उसको नेतृत्वमा हुनुपर्ने गुणहरु हुन् । एउटा उखान छ, ‘एकले थुकी सुकी सयले थुकी नदि’ एउटा नेतामा नेतृत्व गर्ने क्षमता र अरुलाई आफूतर्फ आर्कषित गर्ने कलाशैली हुनु आवश्यक हुन्छ । आफ्नो घर अगाडी हिलो छँदैमा सरकारलाई गाली गर्ने होइन । त्यसमा माटो हाली अरुको लागि एउटा उदाहरण बन्न सक्छ । गाउँ घरमा थुप्रै समस्याहरु छन् तर समाधानका लागि अरुलाई नभई स्वयं आफूबाट गर्नु नै नेतृत्वको पहिलो खुडकिलो चढ्नु पर्छ । सकारात्मक सोच र विचारबाट अरुलाई आकर्षित गर्नु आजको युवाहरुको आवश्यकता छ । सधैं नेताहरुलाई गाली गरिन्छ आफ्ना महत्वपूर्ण र साकारात्मक सोच त्यसै खेर फालिरहेका हुन्छन् युवाहरु ।
तपाईको एक सकारात्मक चिन्तनले आफ्नो गाउँको मात्रै होइन, जिल्ला वा देशमा त्यस्तो व्यक्तिको अनुवाईहरु बन्न सक्ला । जहाँ समस्या छ समाधानको उपाय पनि त्यही त छ ? समस्या एउटा विकराल रोग हो । सधैं जडा गाडेको हुन्छ । तर औषधी गर्न नसके त्यही रोगले समाजको प्रगति तथा उन्नती त्यसै ठप्प परेको हुन्छ । रोगलाई लुकाएर होइन युवाहरुले नेतृत्व लिई सामाजिक र सामुहिक रुपमा निर्मुल पार्न लाग्नुर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको