राजविराज । युनिसेफको सहयोग तथा जिल्ला जनस्वाथ्य कार्यालयको आयोजनामा बिहीबार राजविराजमा सरोकारवालाहरु सँग दुई दिने समिक्षा गोष्ठी प्रारम्भ भएकोे छ ।
कार्यशाला गोष्ठीको अध्यक्षताको निम्ती स्थानीय विकास अधिकारीलाई तय गरिएतापनि अनुपस्थिति पछि प्रमुख अतिथि क्षेत्रीय निर्देशक चिकीत्सक महेश खनालले व्यानरका शब्दहरु बाचन गरि कार्यक्रमको उद्घाटन गरेका थिएँ ।
जिल्ला जन स्वास्थ्य कार्यालयका छेदी यादवद्वारा संचालित उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजका प्रशासक विजय कुमार झाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै प्रजनन स्वास्थ्य सम्बन्धी नौ वटा सेवाहरुका बारेमा जानकारी गराएका थिएँ ।
जिल्लामा रहेको २७ वटा प्रसुती केन्द्रहरु रहेतापनि हाल २४ वटा प्रसुती केन्द्रहरु संचालनमा रहेकोमा ५ वटा उत्कृष्ट प्रसुती गृह बनाइने तथा तथ्यमा आधारित अगामी योजना बनाउने उक्त समिक्षा गोष्ठीको उद्देश्य रहेका प्रशासक झाको कथन रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि क्षेत्रीय निर्देशक चिकित्सक खनालले सवैको प्रयासले मात्र सुरक्षित र उत्कृष्ट प्रसुती केन्द्र बन्न सक्ने हुँदा सरोकारवालाहरु सबैको प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको