राजविराज । बाबु, बाजे, बराजेले अंगालेको पेशा अंगालेका गाविस बसबिट्टीका मरिकहरुले मजाले घरपरिवारको गुजारा चलाउँदै वार्षिक बचत समेत गर्ने गरेका छन् ।
काम कुनै पनि नराम्रो नभएको उदाहरण प्रस्तुत गर्दै यहाँका मरीकहरु विगतमा बाबुको पाला भन्दा अहिले गुजारा राम्ररी चलिरहेको बताउँछन् ।
बासका भाटाहरुबाट विभिन्न प्रकारका सामानहरु बनाउने कामलाई तथा सुँगुरपालनलाई निरन्तारता दिँदै यहाँका मरिकहरु आठ जना सदस्य रहेको परिवार धान्दै वार्षिक वचत समेत भइरहेको सुनाउँछन् ।
विगतमा बाँसबाट निर्मित सामानहरुको बजारमुल्य खासै नरहेको हुँदा समस्या हुने गरेतापनि हाल उक्त सामानहरुको बजारभाउ ठिक–ठाक रहेकाले समेत सजिलो भएको यिनीहरुको धारणा रहेको छ ।
यद्यपी, वाँसको मुल्य समेत बृद्धि भएको छ हाल बाँस प्रतिगोटा दुई सय देखि दुई सय पचास रुपैयाँ सम्ममा खरिद गर्नु परेको बसबिट्टी–४का बौका मरिक बताउँछन् ।
बाँसको ढकियाँ बनाउँदै गरेका मरिकले एउटा बाँसबाट चार ओटा सम्म ढकिया एकै दिनमा एक्लै बनाउने गरेको बताए ।
रु. एक सय पच्चिस देखि एक सय पचास सम्ममा प्रतिगोटा ढकिया बिक्री हुने गरेकोे मरिक बताउँछन् ।
यसकामबाटै ६ जनाको परिवारको गुजारा वर्षाै देखि चलाउँदै आएका छन उनी।
यसैगरी, वाँसको भकारी बनाउँदै गरेका बेचन मरिकले समेत यही पेशा अंगालेर छोरा, छो
री बुहारी नाति, नातिना समेत गरी आठ जनाको परिवारको गुजारा मजाले चलाईरहेको बताउँछन् ।
पाँच सय केजी धान अटाउने भकारी बनाउँदै गरेबा बेचनले उक्त भकारी बनाउन पाँच दिन लाग्ने बताए । उक्त भकारी बनाए वापतको आफ्नो पारिश्रमिक ६ हजार पाँच सय तय गरेको समेत उनले खुलाए ।
यसका अतिरिक्त बेचनले पन्ध्र थान सुँगुर पालन समेत गरेका छन् । सुँगुर पालनबाट वार्षिक कम्तीमा चालिस हजार आम्दानी हुने गरेको बेचन बताउँछन् ।
उक्त पेशाबाटै आफ्नो ठूलो परिवारको गुजारा मजाले चलाई राखेको बताए । अझ वार्षिक कम्तीमा पनि पच्चिस हजार बचत गर्ने गरेको समेत बेचनले खुलासा गरें ।
जुनसुकै काम वा पेशा दत्तचिक्त भई निरन्तर गरिए सफल हुने भनाईलाई चरितार्थ गर्दैछन बसबिट्टिका मरिकहरु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost