फरार अभियुक्त मगर पक्राउ
सन्तोष कार्की
उदयपुर–उदयपुरको कटारी नगरपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय बेलसोत खोला तर्ने क्रममा बगाएर कटारी नगरपालिका वडा नम्बर ३ की मैया मगरको मृत्यु भएको हो ।
आईतबार साँझ श्रीमान गायान बहादुर मगर सँगै खोला तर्दा बगाएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरिन्जीवी कोईरालाले जानकारी दिए ।
साँझ खोलाले दुई जनालाई बगाएको भन्ने प्रहरीलाई सूचना प्राप्त हुनासाथ घट्ना स्थलमा प्रहरी परिचालन गरिएकोमा स्थानीयको सहयोगमा श्रीमानलाई उद्दार गर्न सफल भएको डिएसपी कोईरालाले बताए । मृतक महिलाको सव परिक्षणको लागि कटारी अस्पताल लगिएको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योगमा सजाय पाएका एक फरार अभियुक्त प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरिसे गाविस वडा नम्बर ६ बस्ने युवराज मगर हुन् ।
फरार मगरलाई दशैमा घर आएको मौका छोपेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मगरलाई जिल्ला अदालत उदयपुरले ६ बर्ष कैद सजाय तोकेको थियो ।