राजविराज–नेपाल सरकारले सडक दुर्घट्ना न्यूनिकरण गर्नका लागि विभिन्न किसिमका नियम कानुनहरुमा परिवर्तन ल्याएको भएपनि दुर्घट्ना भने कम हुन सेकेका छैन् ।
नेपालमा प्रत्येक दिन सडक दुर्घट्नामा परि ४ जनाले ज्यान गुमाउदै आएको एक तथ्यांकले देखाउँछ तर यस्तो डरलाग्दो तथ्यांकबाट सवारी चालक देखि लएर आमसर्वसाधारण सम्म कोई पनि सचेत भएको देखिदैन । बरु दुर्घट्नाको क्रम झनै बढ्दो छ ।
दशैंको बेलामा जहाँ मानिस रमाउँदै शुभकामना आदान प्रदान, खुशी साटासाट गरिहेको छ भने पुर्वाञ्चलमा एकै दिन सवारी दुर्घट्नामा १० जना घाईते भएका छन् ।
पुर्वाञ्चलको विभिन्न जिल्लाको विभिन्न स्थानमा सोमवार सवारी दुर्घट्ना हुँदा १० जना घाईते भएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै जादै गरेको बा २० प ६५११ नम्बरको स्कुटर र सिटी सफारी ठोक्किदा स्कुटर पछाडी सवार सप्तरी हरिहरपुर ५ बस्ने ४५ बर्षिया सियावती देवी देव घाईते भएकी छिन् । घाइते महिलालाई स्थानीय क्लिनिकमा उपचार गराइएको छ भने सिटी सफारीका चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका ८ बगाहामा को १ ज १६२७ नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा स्थानीय ४ बर्षिय रेयाङ खतिवडा गम्भीर घाइते भएका छन् । घाइते बालकको जिल्ला अस्पतालमा उपचार हुन नसेकपछि विराटनगरतर्फ लगिएको प्रहरीले जनाएको छ । भ्यान र चालक इलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा छन् ।
सुनसरीको धरान उपमहानगरपालीका ९ स्थित कोशी राजमार्गमा बा २१ प ८४१० नम्बरको मोटरसाइकल र को १ च ४७४५ नम्बरको बोलेरो एक अर्कासंग ठोक्किंदा मोटसाइकलका चालक झापा मेचीनगर नगरपालिका १२ बस्ने १९ वर्षिय रुपक लिम्बु र पछाडी सवार संन्दिप महत घाईत भएका छन् ।
घाईते दुबैलाई बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने बलेरो तथा मोटरसाइकल वडा प्रहरी कार्यालय धरानमा राखिएको छ ।
सुनसरीकै धरान उपमहानगरपालिका १३ जीरोप्वाईन्टमा राती को १९ प८४४९ नम्बरको स्कुटरले ठक्कर दिएर पैदलयात्री धरान २४ बस्ने ४५ वर्षिय जंग बहादुर राई घाईते भएका छन ्।
दुर्घटनामा स्कुटर चालक धरान ११ का १९ वर्षिय जेम्स तामाङ समेत सामान्य घाइते भएका छ । दुबै घाइतेको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
मोरङको झुर्किया ८ आमबारी चोकमा दिउँसो ३ बजे मोटरसाइकलले ठक्कर दिंदा साइकलयात्री भारत बोक्राहा बस्ने ५३ वर्षिय बहादुर सरदार घाइते भएको छ ।
सरदारलाई रंगेली–आमबारी सडक खण्डमा मे ५ प ६०२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएका थिए । घाईते सरदारको उपचार न्युरो अस्पताल विराटनगरमा भईरहेको छ भने मोटरसाइकल चालक झापा जुरोपानी ५ का मोहन अधिकारीलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
मोरङकै डांगीहाट ३ लक्ष्मीमार्गमा सडकमा हिडदै गरेको गाईसंग मोटरसाइकल ठोक्किदा को १२ प ९२२४ नम्बरको मोटरसाइकलका चालक डाँगीहाट ९ बस्ने २६ बर्षिय बिक्रम धिमाल, पछाडी सवार २२ वर्षिया पत्नी निर्मला धिमाल तथा २ वर्षकी छोरी बिनिस्का धिमाल घाइते भएका छन् । ठक्करबाट गाई मरेको छ । घाईतेमध्ये बालिकाको अवस्था गम्भीर छ भने बाँकी तीनै जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
त्यसैगरी झापाको पृथ्वीनगर ५ स्थित सगरमाथा चोकमा बा ७ च ५१९२ नम्बरको कारले ठक्कर दिएपछि पैदलयात्री पृथ्वीनगर १ बस्ने २७ बर्षिय छत्र प्रसाद लुईटेल गम्भीर घाइते भएका छन् ।
घाइते लुँइटेललाई उपचारको लागी ओम साई पाथिभारा अस्पताल भद्रपुर पठाइएको छ भने कारसहित चालक फरार भएकाले उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
