झापा–दशैंको मेला हेरेर फर्कदै गर्दा झापामा मंगलबार राती माईखोलाले ६ युवालाई बगाएको छ भने एक बेपत्ता भएका छन् ।
खोला तर्ने क्रममा ६ जनालाई बगाएकोमा एक जना बेपत्ता भएका छन् भन् ५ जनालाई प्रहरीले उद्दार गरेको छ
बेपत्ता हुनेमा झापा शरणामती ९ का २२ बर्षिय सुबतित मण्डल रहेका छन् । शिवगंञ्ज गाविस १ मा लागेको दशमी मेला घुमेर फर्कदै गरेका मण्डलसहित ६ युवाहरु शिवगञ्ज र शरणामतीको बीचमा पर्ने मर्दगाछस्थित माईखोला तर्नेक्रममा राती ९ बजे खोलामै फँसेका थिए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोद, शिवगञ्ज र झिलझिलेको टोलीले स्थानीय गाउँलेहरुको सहयोगमा दुई घण्टाको प्रयास उद्दार गरेको हो ।
झापा शरणामती ३ बस्ने २० बर्षिय देवप्रसाद गणेश, १९ बर्षिय बिकास गणेश, सोही उमेरका ओम प्रकाश गणेश, झापा टाघनब्बा ८ का भरत राजवंशीलाई उद्दार गरिएको पुर्वाञ्चल क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
