राजविराज–सप्तरीको राजविराज नगरपालिका १ स्थित एक मोवाईल पसलबाट चोरी भएको मोवाईल फोन सहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १९ बस्ने राजु भन्ने राजकुमार यादव छन् । यादवलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले शुक्रबार दिउँसो २४ थान मोवाईल फोनसहित पक्राउ गरेको थियो ।
पक्राउ परेको यादवलाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान गर्दा बरामद भएका फोनहरु असोज २० गते राती सप्तरीको राजबिराज नगरपालिका १ स्थित एक मोवाईल पसलबाट चोरी भएको खुल्न आएको छ ।
यादवको साथबाट बिभिन्न ब्राण्ड २२ थान नयाँ तथा २ थान पुरानो मोवाईल फोन बरामद भएको छ ।
प्रहरीले उनीसंग खरिद विल माग गर्दा देखाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा यादवको साथबाट बसको टिकट र ४ थान सिमकार्डसमेत बरामद भएको छ । यादवलाई थप अनुसन्धानकालागी एवं कारवाहीकालागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सिरहा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost