पंकज झा

राजविराज । विगत वर्षाैदेखि जिल्लामा चाँडवाडमा व्यापत रुपमा जरो गाडेको सडक चन्दा आतंक हाल सम्म कायमै रहेको छ । जिल्ला भरीका विभिन्न हुलाकी तथा शाखा सडकमा तिहारको मुखमा चन्दा आतंकले सवंसाधारणलाई सास्ती परेको छ ।
जिल्लाको राजविराज–कुनौली सडक खण्ड, राजविराज हनुमाननगर सडक खण्डमा सडक चन्दा आतंक मौलाएको पाइएको छ ।
सात दश जनाको समूहले सडकमा भाटा तथा डोरी तेर्साइ सर्वाजनिक सवारी साधन देखि नििज सवारी साधनहरु तथा साइकल सवारलाई समेतलाई रोकि लक्ष्मीपुजाको चन्दा भन्दै रकम असुल्ने गरेका छन् ।
राजविराज हनुमाननगर सडक खण्डमा झल्ही पूल आसपास, सकरदही पुल लगायतका स्थानमा यसरी मोटरसाइकल चालकलाई समेत रोकी चन्दा माँगेर हैरान पारेको सर्वसाधारणहरुको गुनासो रहेको छ ।
यत्ता, राजविराज कुनौली सडक खण्डमा त अझ गोरगामा, वरही विरपुर, लोखरम चौक लगायतका स्थानहरुमा सार्वजनिक सवारी साधन देखि साइकल सवार यात्रुलाई समेत चन्दा मागेर आपद पारेको सो सडक खण्डमा गुड्ने ट्याम्पुका चालहरु बताउँछन् ।
यसरी, हिन्दुहरुको पवित्र चाडपर्वमा जरो गाड्दै गएको कुरीतीको अनत्य गर्नुपर्ने जिम्मेवारी नागरिक समाज तथा स्थानीय प्रशासनको रहेको बुद्धिजिविहरुको धारणा रहेको छ ।
सो सम्बन्धमा सप्तरी जिल्लाका प्रहरी प्रमुख भिम प्रसाद ढकालले यस्तो कार्य गर्नेलाई कानून बमोजिम कारवाही हुने र सो तर्फ प्रहरी गम्भिर भई लागि सकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको