राजविराज । तीन महिनामा एक सय १५ बटा सवारी साधनहरुको दुर्घटनामा १३ जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जानकारी दिएको छ ।
सवारी दुर्घटनामा ५८ वटा मोटर साइकल, ८ वटा ट्रक,१७ वटा वस,१९ वटा जिप कार, १ ट्रयाक्टर, १२ वटा साइकल रिक्सा रहेका छन । उक्त छुट्टाछुट्टै दुर्घटनामा परी ४८ जना गम्भिर घाईते र ७१ जना समान्य घाइते भएको तथा बढी दुर्घटना मोटर साईकलबाट हुने गरेको असई संतोष केसीले बताए ।
पुरानै संरचनामा रहेको राजमार्ग सडक वर्तमान अवस्थाको सवारी साधनको चापको अपेक्षा साँगुरो रहेको, समयमा सडकमा मर्मत नहुनु, सडकमा चौपाया छाडा छाड्निु र अत्याधिक मात्रामा बढेको यातायातको चाप सडकमा नअटाउनुका कारण दुर्घटना हुने गरेको प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद क्षेष्ठले बताए । सवै भन्दा बढी दुर्घटना राजमार्ग सडक खण्डमा हुने गरेको समेत उनले बताए ।