काठमाडौं। Association of Terain in America (ANTA) एन्टाले मधेशको जिल्लाहरुमा निःशुल्क अमेरिका जाने डिभी भर्ने कार्यक्रमको व्यस्था गरेका छन् । विभिन्न अविकसित राष्टहरुबाट अमेरिकाले बर्षेनि लाखौंको संख्यामा डिभी मार्फत अमेरिका लैजाने कार्यक्रम अनुसार पच्छिलो समय नेपालबाट पनि धेरैको संख्यामा अमेरिका गए पनि मधेशका जिल्लाहरुबाट निकै कम संख्या सो अवसरको लाभ उठाएको सन्दर्भमा अमेरिकामा रहेका नेपाली मधेशीहरुको छाता संगठन एन्टाको संयोजनमा मधेशका विभिन्न जिल्लाहरुमा निःशुल्क डिभी भर्ने कार्यक्रमको आयोजना गरेको एन्टाले एक प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

मधेशका युवा युवतीहरु बढी भन्दा बढी यो असवरको फाइदा उठाउने हेतुले यो कार्यक्रमको सन्चालन गरेको एन्टाका नवनिर्वाचित अध्यक्ष सुनिल साहले बताउनु भयो । उहाँले भन्नु भयो, मधेशको विकासको लागि मधेशी ड्यासपोसा पनि बलियो हुनु पर्ने भन्दै अमेरिका प्रवेश गर्नका लागि यो सुनौलो सजिलो असवर भएको हुनाले यो कार्यक्रमले कम्तीमा १ हजार युवाहरुले यो अवसरको लाभ लिने विश्वास व्यक्त गर्नु भयो ।

एन्टाले हाललाई मधेशका प्रमुख शहर, राजविराज, लहान, जनकपुर, धनुषा, सिरहा बजार, विरगञ्ज लगायतका बजारहरुमा निःशुल्क डिभी भर्ने कार्यक्रमको व्यवस्था गरेका हुन । एन्टाले निःशुल्क डिभी कार्यक्रमका लागि तीन सदस्यीय टिम पनि बनाएका छन, सो टीममा एन्टाका सदस्य नविन कुमार, चेत नारायण यादव, डा बरुण गुप्ता रहेका छन् ।

डिभी भर्ने निःशुल्क सेन्टरहरु ः

1.   Rajbiraj Free DV Center:
World Cyber Rajbiraj Siraha Road
Contact Person: Manoj Kumar Sah
Phone: 9804781720
Email: worldcyber62@gmail.com

2.   Siraha Free DV Centre:
Dhangadi Municipality, Siraha, Nepal
Contact Person: Jay Pratap Shah
Phone: 9842824712
Email: ajay.shah9084@gmail.com
Email: amitshah125@gmail.com

3.   Dhanusha Free DV Centre (this is the Mobile Center, will be going to different
villages):
Name: Saroj Ray
Email: info4saroj@gmail.com
Phone: +977-9841202025

Pahal Nepal, Dhanusha Nepal.
Contact Person: Mohammad Reeyaz Safi
Phone: +977-9844273055
Email: rezkhan370@gmail.com

4.   Lahan Free DV Centre and Media:
Saugat FM Lahan, Siraha, Nepal
Contact Person: Dineshwar Gupta
Phone: 9842824640
Email: radiosaugat@gmail.com  or dpguptta@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको