काठमाण्डौ–मधेशी मोर्चा सहित संघीय गठवन्धनले आफ्नो सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने जनाएको छ ।
उपेन्द्र यादव नेतृत्वको गठवन्धनले सोमबार सिंहदरवार पुगेर प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाउँदै आफूहरुको सहमतिमा संशोधन विधेयक दर्ता गराउन माग गर्दै सरकारलाई थप १५ दिनको समय दिएको छ ।
कात्तिक मसान्तसम्म भनिएको ठाउँमा १५ दिन थप समय लिन प्रधानमन्त्री दाहाललाई आग्रह गर्दै यादवले सीमांकनको विषय अहिले नै टुंग्याउनु पर्ने भन्दै आयोग गठनको प्रस्ताव आफूहरु नमान्ने बताए ।
प्रधानमन्त्रीले स्मरणपत्र बुझ्दै मधेशी गठबन्धनको आग्रह बमोजिम आगामी १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गरिने प्रतिक्रिया दिए ।
उनले गठबन्धनको स्मरणपत्रलाई आफूले सकारात्मक रुपमा लिएको वताउँदै जायज माग पूरा गर्न आवश्यक पहलकदमी लिइरहेको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost