काठमाडौं–तराई–मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रिय सदस्यता अभियानको शुुरुवात गरेको छ । ‘तमलोपा आप के घर घर में’ मूल नाराका साथ राष्ट्रिय सदस्यता अभियानको शुरुवात गरेको हो ।
बिजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयको मधेशी शहीद मेमोरियल हलमा तमलोपाको घरदैलो अभियानको उद्घाटन अध्यक्ष महन्थ ठाकुरले गरेका छन् ।
बुधबार काठमाडौं, ललितपुर र भक्तपूर जिल्लाको सदस्यता अभियान, संयुक्त बैठक एवं पार्टी प्रवेश कार्यक्रमको उदघाटन शत्र शुरु भएको तराई–मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले जनाएका छन् ।
अभियान उद्घाटन सत्रमा तमलोपाका महामन्त्री जितेन्द्र सोनल, काठमाडौं जिल्लाको प्रभारी पुष्पा ठाकुर, सांसद ईन्द्रा झा लगायत वर्गीय संगठनका अध्यक्ष एवं प्रतिनिधि, केन्द्रीय सदस्यहरु, तिनै जिल्लाका अध्यक्ष लगायत प्रतिनिधिहरु तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको