राजविराज । प्रधानन्यायधीश सुशीला कार्कीले स्थानिय स्तरमा अदालती प्रक्रिया विस्तारै सजिलो भईरहेको बताएका छन् ।  1 img_1593 शुक्रवार सप्तरीको राजविराज आएकी प्रधानन्ययाधीश कार्कीले संचारकर्मीहरु संग कुरा गर्दै अदालतमा सुचनाको कुरा र एकघण्टे सेवाको प्रक्रिया शुरु भए पनि अरु सेवाहरु विस्तारै सुचारुहुने बताईन् ।

नेपालमा राजनीतिक आस्थाबाट अछुतो कोही पनि नभएको कारणले न्यायधीशमा नियुक्ति भएको व्यक्ति न्यायलय भित्र काममा आई सकेपछी राजनीतिवाट टाढा भएर काम गर्नुपर्ने उनको भनाई थियो ।
उनले हामी सबै पार्टीलाई बरावर दृष्टीकोणले हेरीरहेको बताउँदै सवै पार्टीहरुलाई मुद्दा हराएको दस्तावेज हामी संगै रहेको समेत बताईन् ।
प्रधानन्यायधीश कार्कीले मेरो पालामा न्यायलयमा भ्रष्टाचार न्युनिकरण गर्न लागि परेको जानकारी गराउँदै तलाउमा एउटा भ्यागुता फोहरी भए सबै भ्यागुता फोहरी भएको उदाहरण दिईन् ।
न्यायलय भित्र पनि केही भ्रष्टाचार भएकोले त्यसको निर्मुल हुनुपर्नेमा जोड दिदै उनले सरकारले संविधान कार्यान्वयन गर्न नसकेको अवस्थामा अदालतलाई विवादीत नबनाउनका लागि अदालती प्रक्रियालाई संघियतामा लगेको जिकिर गरे । न्यायपालिका जनताको आस्थाको केन्द्र भएकाले न्याय सम्पादन गर्न सक्ने र कानुनमा विज्ञता हासिल गरेका ब्यक्ति मात्र न्यायाधीश हुन सक्ने उनको तर्क छ ।
उनले भनिन ‘बुहारीलाई घुम्टो ओढाएर राख्ने अनि समावेशी समानुपातिकमा नियुक्ति हुनुपर्छ भनेर हुँदैन ।’ न्यायाधीशलाई मन्त्री पदसित दाँज्न नहुने प्रधानन्यायधीश कार्कीले बताइन् । प्रधानन्यायाधीशको नियुक्ति छोटो छोटो अवधिका लागि हुने गरेका कारण धेरै सुधार गर्न सकिने अवस्था नरहने गरेको कार्कीले बताइन् । यद्यपि आफ्नो कार्यकालमा न्यायमा जनताको सहज पहुँचका लागि प्रयासरत रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको