राजविराज,। नेपाली काँग्रेसमा कुनै क्षेत्रीय पार्टी नभई देशको पार्टी रहेको सांसद रंजीत कर्णले बताएका छन् ।
गृह जिल्लाको गाविस कोइलाडी बर्साइन–१, बनरझुलाको पंडित टोल स्थित मंडल खोलामा हुने पुल निर्माणको शिलान्यास गर्न आइतबार आइपुगेका सांसद कर्णले नेपाली काँग्रेस पहाड, तराई अथवा हिमालको पार्टी नभई सिंगो देशको पार्टी रहेको बताएका छन् ।
२ करोड ७० लाख ६२ हजार ४२ रुपैयाँमा निर्माण हुन लागेको उक्त २० मिटर लामो पुलको शिला न्यास गर्न पुगेका सांसद कर्णले आयोजित एक समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै एमाका अध्यक्ष केपी शर्मा ओलीले देशको विभाजन गर्न खोजेको अरोप लगाए ।
निवर्तमान वडा अध्यक्ष सिंहेश्वर पण्डीतको अध्यक्षतामा आयोजित सो समारोहमा उनले मधेशी दल मधेशप्रति र संविधान प्रति कहिल्यै गम्भिर नभएको आरोप समेत लगाए ।
मुलुकको समस्या समाधान नेपाली काँग्रेसले नै गर्ने बताउँदै सांसद कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने आफ्नो अभियान रहेको हुँदा स्थानीयहरुलाई व्यक्तिगत स्वार्थ त्यागि उक्त अभियान सफल गर्न सवैलाई आग्रह समेत गरे ।
गाउँमा राजनीति गर्न नभई विकास गर्न चाहेको बताउँदै उनले गाउँमा वर्षेनी आउँने विकासीय बजेटको ५ वर्ष सम्म सदुपयोग मात्र गरिए ५ वर्ष भित्र सप्तरीका गाउँलाई हिलोमुक्त बनाउँन सकिने ठोकुवा समेत गरे ।
सोही समारोहमा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव राम कुमार यादवले जनता सवै इमान्दारी पूर्वक लागे विकास असम्भव नरहेको बताउँदै उपभोक्ता समितिमा हुने गरेको स्वार्थी मानसिकता बारे बताउँदै त्यस्तो मानसिकता त्यागी विकास गर्ने जुनसुकै पार्टीका व्यक्ति भएपनि साथ दिन उपस्थित हुन जन समुदायलाई आग्रह गरे ।
स्थानीय स्तरको सिंचाई समस्या सम्बन्धमा हाल लहानबाट सर्वसाधारणका लागि खुला गरिएको सानो ट्यूवेलका लागि आवेदन दिन आग्रह समेत सचिव यादवले गरेका थिए ।
सचिव यादवले विकास गर्नका लागी पदको भन्दा पनि विकासीय सोच नेताहरुमा हुनुपर्ने धारणा व्यक्त गरे ।
सो समारोहमा स्वागत मन्तव्य अभिनन्दन रायले गरेका थिए भने प्रधानाध्यापक जोगेन्द्र दास, निवर्तमान वडा अध्यक्ष राम नारायण पण्डीत लगायतका आ–आफ्ना मन्तव्य राखेका थिए ।