काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण भएपछि स्वतः स्थानीय निकाय विघटन हुनेछन् । तर, त्यसका लागि सरकारले राजपत्रमा प्रकाशित गरी आधिकारिकता भने प्रदान गर्नुपर्छ ।
आयोगको प्रतिवेदनपछि स्थानीय निकायको निर्वाचन भएमा निर्वाचित पदाधिकारी भूगोलविनाका हुनेछन् । ‘स्थानीय पुनर्संरचना आयोगले स्थानीय तहको सीमा र संख्या निर्धारण गरी प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ र त्यसपछि स्वतः कार्यान्वयनमा जाने भएकाले स्थानीय निकाय रहँदैन,’ आयोग सदस्य सुनीलरञ्जन सिंहले भने ।
उनका अनुसार त्यस्तो अवस्थामा स्थानीय निकायको निर्वाचन भए पनि ती पदाधिकारी भूगोलविनाका हुनेछन् । सरकारले स्थानीय तहको निर्वाचन नगरी स्थानीय निकायको निर्वाचन गरेमा राष्ट्रिय सभा गठन गर्न समस्या हुनेछ । संविधानको धारा ८६ को उपधारा २ को ‘क’ मा राष्ट्रिय सभाका सदस्यको निर्वाचमा स्थानीय तहअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ ।
साथै, राष्ट्रिय सभा गठन नभए संघीय संसद् पूर्ण हुनेछैन । संघीय संसद् र प्रदेश सभाका सदस्यको राष्ट्रपति निर्वाचित गर्न पनि समस्या हुनेछ । संविधानको धारा ६२ अनुसार राष्ट्रपति निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार प्रतिवेदन तयार गर्ने क्रममा देशभरिका करिब ५० हजार नागरिकसँग अन्तक्र्रिया गरिएको थियो ।
७५ वटै जिल्लामा गठित जिल्ला प्राविधिक समन्वय समितिले सुझावका लागि अन्तरक्रिया कार्यक्रम गरेको थियो । आयोगले तयार गरेको स्थानीय तहसम्बन्धी प्रतिवेदन एक हजार ७ सय १८ पृष्ठको छ । सात सय १९ वटा स्थानीय तहको नक्सासहितको प्रतिवेदन तयार गरिएको छ । नीलो रङको गाताले ढाकिएको प्रतिवेदन नेपाली कागजमा तयार छ । आयोगले तयार गरेको प्रतिवेदन १६ भागमा विभाजित छ ।
प्रतिवेदन एउटै पुस्तकाकारका रूपमा तयार गर्दा धेरै ठूलो हुने भएकाले आयोगले प्रतिवेदनलाई १६ भागमा विभाजन गरी तयार गरिएको पौडेलले बताए । एक भागलाई एउटा पुस्तकाकार रूप दिइएको छ ।
आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्नेक्रममा १८ जना भौगर्भिक सूचना प्रणाली इन्जिनियरलाई सहभागी गराएको थियो । भूमिसुधार मन्त्रालयअन्तर्गतको नापी विभागसँग नयाँ नापनक्सा नभएका कारण आयोगले आफैँ प्राविधिक सहभागी गराएर अध्ययन गरेको हो ।
आयोगका सदस्य सुनीलरञ्जन सिंहले प्रतिवेदनमा फरक मत राखेका छन् । प्रतिवेदनमा फरक मतसहित हस्ताक्षर गरेका सिंहले पाँचवटा बुँदामा असहमति जनाएका हुन् । ४ कात्तिकको स्थानीय तहको पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यसर्तमा सिंहले असहमति जनाएका हुन् ।
सोही कार्यसर्तअनुसार काम अगाडि बढाइ गाउँपालिका र नगरपालिका, संरक्षित, विशेष र स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गरेकोप्रति उनको असहमति छ । त्यसैगरी, सिंहले गाउँपालिका र नगरपालिकाको संख्या तराई मधेस र थरुहट क्षेत्रमा जनसंख्याका आधारमा निर्धारण नगरिएकोप्रति पनि असहमति जनाएका छन् ।
पहिले तराईमा स्थानीय निकाय ३१ प्रतिशत पर्दथे भने अहिले स्थानीय तहको संख्या ३५ प्रतिशत पुगेको छ । तराई मधेस र थरुहट पहाडी क्षेत्रका केही जिल्लाका गाउँपालिका र नगरपालिकाका पहाडी जिल्लाको मापदण्डअनुसार नगरिएको र विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण नभएको र २ नम्बर प्रदेशको संख्याप्रति पनि उनको असहमति रहेको छ ।
गाउँ र नगरपालिका कुन जिल्लामा कति ?
सुनसरी : १२ उपमहानगरपालिका (२) ः इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका नगरपालिका (४) ः इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका गाउँपालिका (६) ः देवानगन्ज गाउँपालिका, कोसी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका, हरिनगरा गाउँपालिका
बारा : १३ उपमहानगरपालिका (१) ः सिमरा जितपुर उपमहानगरपालिका नगरपालिका (५) ः कोल्हाबी नगरपालिका, कलैया नगरपालिका, सिम्रोनगढ नगरपालिका, महागढीमाई नगरपालिका, निजगढ नगरपालिका गाउँपालिका (७) ः देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका, बारागढी गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, कोटवाल गाउँपालिका, पचरौटा सतमौजा गाउँपालिका पर्सा : ११ उपमहानगरपालिका (१) ः वीरगन्ज उपमहानगरपालिका नगरपालिका (१) ः पोखरिया नगरपालिका गाउँपालिका (९) ः जगनाथपुर गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, सुवर्णपुर गाउँपालिका, धोबीनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, बलेवा प्रसौनी गाउँपालिका, हरपुर गाउँपालिका रौतहट : १५ नगरपालिका (३) ः चन्द्रपुर नगरपालिका, गौरनगरपालिका, गरुडा नगरपालिका गाउँपालिका (१२) ः भीनक गाउँपालिका, भगवती गाउँपालिका, बैधीमाई गाउँपालिका, बिजयपुर गाउँपालिका, परोहा गाउँपालिका, गढीमाइ गाउँपालिका, गजरा गाउँपालिका, कटहरिया गाउँपालिका, ईशनाथ गाउँपालिका, मौलापुर गाउँपालिका, वृन्दावन गाउँपालिका, राजपुर गाउँपालिका
सप्तरी : १२ नगरपालिका (६) ः पातो नगरपालिका, सप्तकोशी कञ्चनरुप नगरपालिका, हनुमाननगर योगिनीमाई नगरपालिका, राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, बरसाइन गाउँपालिका (६) ः सुमङ गाउँपालिका, मोहली गाउँपालिका, तोपा गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, खडक गाउँपालिका, छिन्नमस्ता गाउँपालिका
महोत्तरी: १३ नगरपालिका (३) ः बर्दिबास नगरपालिका, जलेश्वर नगरपालिका, गौशाला नगरपालिका गाउँपालिका (१०) ः सोनमा गाउँपालिका, सम्सी गाउँपालिका, लोहरपट्टी गाउँपालिका, रामगोपालपुर गाउँपालिका, मनरा गाउँपालिका, मटिहानी गाउँपालिका, भंगाहा गाउँपालिका, बलवा गाउँपालिका, औरही गाउँपालिका, पिपरा गाउँपालिका, एकडारा गाउँपालिका
धनुषा : १३ उपमहानगरपालिका (१) ः जनकपुर उपमहानगरपालिका नगरपालिका (८) ः गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, योगीबाबा नगरपालिका, सहिदनगर नगरपालिका, सप्तऋषि नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, नगराइन नगरपालिका गाउँपालिका (४) ः जमुनी गाउँपालिका, मिथिला बिहारी गाउँपालिका, हंसपुर गाउँपालिका,कमला सिद्धिदात्री गाउँपालिका
सर्लाही : १६ नगरपालिका (८) ः हरिपुर्वा नगरपालिका, श्रीनगर सागरनाथ नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका, हरिपुर नगरपालिका, लालबन्दी नगरपालिका, मलंगवा नगरपालिका, हरिवन नगरपालिका गाउँपालिका (८) ः कविलासी गाउँपालिका, कर्मैया गाउँपालिका, धनकौल पश्चिम गाउँपालिका, चन्द्रनगर गाउँपालिका, विष्णु गाउँपालिका, बेल्ही गाउँपालिका, गोडैता गाउँपालिका, रामनगर बहुअर्वा गाउँपालिका
सिरहा : १२ नगरपालिका (६) ः गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका, सिराहा नगरपालिका, सुखीपुर नगरपालिका गाउँपालिका (६) ः औरही गाउँपालिका, कर्जन्हा गाउँपालिका, कल्याणपुर जब्दी गाउँपालिका, विष्णुपुर प्रम गाउँपालिका, भगवानपुर गाउँपालिका, महेशपुर पतारी गाउँपालिका
भक्तपुर : ४ नगरपालिका (४) ः चाँगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका
रामेछाप : ८ नगरपालिका (२) ः मन्थली नगरपालिका, रामेछाप नगरपालिका गाउँपालिका (६) ः उमाकुण्ड गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनापति गाउँपालिका
सिन्धुपाल्चोक : १२ नगरपालिका (३) ः चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका गाउँपालिका (९) ः इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुली : ९ नगरपालिका (२) ः कमलामाई नगरपालिका, दुधौली नगरपालिका गाउँपालिका (७) ः गोलन्जर गाउँपालिका, घ्याङलेख गाउँपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका
काभ्रेपलान्चोक : १३ नगरपालिका (६) ः धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन नगरपालिका गाउँपालिका (७) ः खानीखोला गाउँपालिका, चौँरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका, रोसी गाउँपालिका
दोलखा : ९ नगरपालिका (२) ः जिरी नगरपालिका, भीमेश्वर नगरपालिका गाउँपालिका (७) ः कालिञ्चोक गाउँपालिका, गौरीशंकर गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगु गाउँपालिका, बैतेश्वर गाउँपालिका, सैलुङ गाउँपालिका
धादिङ : १३ नगरपालिका (२) ः धुनीबेँसी नगरपालिका, नीलकण्ठ नगरपालिका गाउँपालिका (११) ः खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका, ज्वालामुखी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, रुबी भ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका रसुवा : ५ गाउँपालिका (५) ः उत्तरगया गाउँपालिका, कालिका गाउँपालिका, गोसाईँकुण्ड गाउँपालिका, नौकुण्ड गाउँपालिका, पार्वतीकुण्ड गाउँपालिका
काठमाडौं : ९ महानगरपालिका (१) ः काठमाडौं महानगरपालिका नगरपालिका (८) ः कागेश्वरी मनहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका
नुवाकोट : १२ नगरपालिका (२) ः विदुर नगरपालिका, ककनी नगरपालिका गाउँपालिका (१०) ः किस्पाङ गाउँपालिका, कोल्पु गाउँपालिका, तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, बेलकोटगढी गाउँपालिका, मेघाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, सूर्यगढी गाउँपालिका
चितवन : ७ महानगरपालिका (१) ः भरतपुर महानगरपालिका नगरपालिका (५) ः कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका गाउँपालिका (१) ः इच्छाकामना गाउँपालिका मकवानपुर : १० उपमहानगरपालिका (१) ः हेटौँडा उपमहानगरपालिका नगरपालिका (१) ः थाहा नगरपालिका गाउँपालिका (८) ः इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका
ललितपुर : ६ महानगरपालिका (१) ः ललितपुर महानगरपालिका नगरपालिका (२) ः गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका गाउँपालिका (३) ः कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका
बाग्लुङ : ९ नगरपालिका (४) ः गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका गाउँपालिका (५) ः काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका
गोरखा : ११ नगरपालिका (२) ः गोरखा नगरपालिका, पालुङटार नगरपालिका गाउँपालिका (९) ः आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका कास्की : ५ महानगरपालिका (१) ः पोखरा लेखनाथ महानगरपालिका गाउँपालिका (४) ः अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका
लमजुङ : ८ महानगरपालिका (४) ः बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका गाउँपालिका (४) ः क्व्होलासोथार गाउँपालिका, दूधपोखरी गाउँपालिका, दोर्दीगाउँपालिका, मस्र्याङ्दी गाउँपालिका मनाङ : ३ गाउँपालिका (३) ः चामे गाउँपालिका, नासो गाउँपालिका, नेस्याङ गाउँपालिका
मुस्ताङ : ५ गाउँपालिका (५) ः घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
म्याग्दी : ६ नगरपालिका (१) ः बेनी नगरपालिका गाउँपालिका (५) ः अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका
नवलपरासी : १५ नगरपालिका (७) ः कावासोती नगरपालिका नगरपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बर्दघाट नगरपालिका, मध्यबिन्दु नगरपालिका, रामग्राम नगरपालिका, सुनवल नगरपालिका गाउँपालिका (८) ः त्रिवेणीसुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, बुङ्दीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, विनयी गाउँपालिका, सरावल गाउँपालिका, हुप्सेकोट गाउँपालिका
पर्वत : ७ नगरपालिका (२) ः कुस्मा नगरपालिका, फलेवास नगरपालिका गाउँपालिका (५) ः जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका
स्याङ्जा : ११ नगरपालिका (५) ः गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका गाउँपालिका (६) ः अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका तनहुँ : १० नगरपालिका (४) ः भानु नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका गाउँपालिका (६) ः आँबुखैरेनी गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे, गाउँपालिका बन्दीपुर गाउँपालिका
रूपन्देही : १६ उपमहानगरपालिका (१) बुटवल उपमहानगरपालिका नगरपालिका (५) ः देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा, नगरपालिका गाउँपालिका (१०) ः गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका
कपिलवस्तु : १० नगरपालिका (६) ः कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, वाणगंगा नगरपालिका गाउँपालिका (४) ः मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका
पाल्पा : १० नगरपालिका (२) ः रामपुर नगरपालिका, तानसेन नगरपालिका गाउँपालिका (८) ः निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका
अर्घाखाँची : ६ नगरपालिका (३) ः सन्धिखर्क नगरपालिका, शीतगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका गाउँपालिका (३) ः छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका
गुल्मी : १२ नगरपालिका (२) ः मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका गाउँपालिका (१०) ः कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका
रोल्पा : १० नगरपालिका (१) ः रोल्पा नगरपालिका गाउँपालिका (९) ः त्रिवेणी गाउँपालिका, दुईखोली गाउँपालिका, माडी गाउँपालिका रुन्टीगढी गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका, सुवर्णावती गाउँपालिका, थवाङ गाउँपालिका
प्युठान : ९ नगरपालिका (२) ः प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका गाउँपालिका (७) ः गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका, सरुमारानी गाउँपालिका, मल्लरानी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावती गाउँपालिका
दाङ : १० उपमहानगरपालिका (२) तुल्सीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका नगरपालिका (१) ः लमही नगरपालिका, गाउँपालिका (७) ः बंगलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका
बाँके : ८ उपमहानगरपालिका (१) ः नेपालगन्ज उपमहानगरपालिका नगरपालिका (१) ः कोहलपुर नगरपालिका गाउँपालिका (६) ः नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका बर्दिया : ८ नगरपालिका (६) ः गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, बासगढी नगरपालिका, बारबर्दिया नगरपालिका गाउँपालिका (२) ः बढैयाताल गाउँपालिका, गेरुवा गाउँपालिका
रुकुम : ९ नगरपालिका (३) ः मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका गाउँपालिका (६) ः पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, सानी भेरी गाउँपालिका
सल्यान : १० नगरपालिका (३) ः शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका गाउँपालिका (७) ः कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका
डोल्पा : ८ नगरपालिका (२) ः ठूली भेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका गाउँपालिका (६) ः डोल्पो बुद्ध गाउँपालिका, से फोक्सुन्डो गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका
जुम्ला : ८ नगरपालिका (१) ः चन्दननाथ नगरपालिका गाउँपालिका (७) ः कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, गुठीचौर गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका
मुगु : ४ नगरपालिका (१) ः छायानाथ रारा नगरपालिका गाउँपालिका (३) ः मुगुम कार्मारोंग गाउँपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका
हुम्ला : ७ गाउँपालिका (७) ः सिमकोट गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका
कालिकोट : ९ नगरपालिका (३) ः खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका गाउँपालिका (६) ः पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका
जाजरकोट : ७ नगरपालिका (३) ः भेरी नगरपालिका, छेडागाड नगरपालिका, त्रिवेणी नलगाड नगरपालिका गाउँपालिका (४) ः बारेकोट गाउँपालिका, कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका
दैेलेख : ११ नगरपालिका (४) ः नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुन्डा बिन्द्रासैनी नगरपालिका, आठबिस नगरपालिका गाउँपालिका (७) ः भगवतीमाई गाउँपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका
सुर्खेत : ९ नगरपालिका (५) ः वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका गाउँपालिका (४) ः चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिङाड गाउँपालिका, सिम्ता गाउँपालिका
बाजुरा : ९ नगरपालिका (४) ः बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका गाउँपालिका (५) ः गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका
डोटी : ९ नगरपालिका (२) ः दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका गाउँपालिका (७) ः पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआइसिं गाउँपालिका, बोगटान गाउँपालिका
अछाम : १० नगरपालिका (४) ः मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका गाउँपालिका (६) ः चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका
दार्चुला : ९ नगरपालिका (३) ः महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन नगरपालिका गाउँपालिका (६) ः अपिहिमाल गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, व्यास गाउँपालिका
बैतडी : १० नगरपालिका (४) ः दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका गाउँपालिका (६) ः सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका
डडेल्धुरा : ७ नगरपालिका (२) ः अमरगढी नगरपालिका, परशुराम नगरपालिका गाउँपालिका (५) ः आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका
कञ्चनपुर : ९ नगरपालिका (७) ः भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका गाउँपालिका (२) ः बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका
कैलाली : १३ उपमहानगरपालिका (१) ः धनगढी उपमहानगरपालिका नगरपालिका (६) टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका गाउँपालिका (६) ः जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, चुरे गाउँपालिका
बझाङ : ११ नगरपालिका (२) जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका गाउँपालिका (९) ः केदारस्युँ गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, तलकोट गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका, बित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका