• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

नयाँ स्थानीय संरचनाको कार्यान्वयन अन्योलमा


नयाँ स्थानीय संरचनाको कार्यान्वयन अन्योलमा

स्थानीय तहको संख्या तथा सिमाना निर्धारणसम्बन्धी बहुप्रतीक्षित प्रतिवेदन कार्यान्वयनबारे अन्योल देखिएको छ। सरकारले उक्त प्रतिवेदन मन्त्रिपरिषदमा लगिने र त्यसपछि मात्रै कार्यान्वयन हुने बताएको छ।

तर आयोगका पदाधिकारीहरु र कानूनविद्हरु संवैधानिक व्यवस्था अनुसार उक्त प्रतिवेदन स्वत: कार्यान्वयनमा जाने र त्यो कार्यान्वयन लगत्तै हाल कायम स्थानीय निकाय स्वत: विघटन हुने तर्क गर्छन्।

अनुमान

स्थानीय तहको संख्या तथा सिमानासम्बन्धी विवरण राजपत्रमा प्रकाशित गर्नका लागि सरकारले मन्त्रिपरिषदमा लैजाने खोजेको हुनसक्ने केहीले अनुमान गरेका छन्।

कतिपयले चाहिँ सम्बन्धित मन्त्रालयबाट कानून मन्त्रालयमा पठाइएपछि राजपत्रमा प्रकाशित गर्न सकिने व्यवस्था भएको भन्दै उक्त प्रतिवेदन कार्यान्वयन गर्न सरकारले ढिलो गर्न खोजेको आकलन छन्।

तराई केन्द्रित दल स्थानीय तहको पुनर्संरचनाबाट असन्तुष्ट छन् र तिनलाई मनाउन प्रधानमन्त्रीले कोसिस गरिरहेको ठानिएको छ।

प्रतिवेदन तयार भएर समय माग्दा पनि पन्छाउँदै आएको सरकारले शुक्रबार प्रतिवेदन बुझेको थियो।

संविधानले कल्पना गरे अनुरुप प्रदेशका सिमाना तोक्ने र स्थानीय तहको संख्या निर्धारण गर्न बनेको आयोगले बुझाएको प्रतिवेदन प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले बुझेका हुन्।

प्रतिवेदन अत्यन्तै संवेदनशिल समयमा आएको र यसले संविधान कार्यान्वयन गर्न दूरगामी महत्व राख्ने मन्त्री पाण्डेले बताए।

उनले भने,” यो संविधान कार्यान्वयन गर्ने, संघीयता कार्यान्वयन गर्ने, स्थानीय तहको निर्वाचन गर्ने र यसलाई अघि लैजाने महत्वपूर्ण काममा हामी अगाडि बढिरहेका छौं।”

 सबैकुरा हामी मन्त्रिपरिषद्को बैठकमा लैजान्छौं। अनि त्यसपछि त्यहाँबाट जे विषयवस्तु आँउछ र नेपाल सरकारले के निर्णय गर्छ त्यसका आधारमा अरु विषय अगाडि बढाउँछौं।   हितराज पाण्डे, संघीय मामिला मन्त्री

पाण्डेका अनुसार सरकारले प्रतिवेदन बुझेपछि प्रधानमन्त्री दाहालले यसको कार्यान्वयन प्रक्रियामा शीघ्र लाग्न निर्देशन दिएका थिए।

संख्या

आयोगले ७ सय १९ स्थानीय तहको निर्धारण गरेको अध्यक्ष बालानन्द पौडेलले बताए। उनका अनुसार चार महानगरपालिका, १२ उपमहानगरपालिका, २ सय १४ नगरपालिका र ४ सय ६२ गाउँपालिका निर्धारण गरिएका छन्। हाल कायम स्थानीय निकायमा २ सय १७ नगरपालिका र ३ हजार १ सय १७ गाविस छन्। प्रतिवेदन बुझ्नेलगत्तै नयाँ व्यवस्था बमोजिमको चुनावको मिति घोषणा गर्नुपर्ने र हाल रहेको संरचनाबाट नयाँ संरचनामा जानुपर्ने तर्क आइरेका बेला मन्त्री पाण्डेले प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र नयाँ संरचनामा जाने बताए। 

 दिएको समय र जे जे सीमितता थिए त्योभित्र बसेर गर्न सक्ने अधिकतम काम चाहिँ आयोगले गरेको छ त्यसैले संख्या र सीमामा अहिले निर्धारण गरेको नै अन्तिम हो  ।  बालानन्द पौडेल, अध्यक्ष, स्थानीय तह पुनर्संरचना आयोग 

उनको भनाइ थियो, “सबैकुरा हामी मन्त्रिपरिषद्को बैठकमा लैजान्छौं। अनि त्यसपछि त्यहाँबाट जे विषयवस्तु आँउछ र नेपाल सरकारले के निर्णय गर्छ त्यसका आधारमा अरु विषय अगाडि बढाउँछौं।” तर आयोग भने संवैधानिक व्यवस्था अनुसार बुझाएको प्रतिवेदनको संविधानकै मर्म अनुसार कार्यान्वयन हुनुपर्ने बताउँछ।

आयोगका अध्यक्ष पौडेलले भने,”दिएको समय र जे जे सीमितता थिए त्योभित्र बसेर गर्न सक्ने अधिकतम काम चाहिँ आयोगले गरेको छ त्यसैले संख्या र सीमामा अहिले निर्धारण गरेको नै अन्तिम हो।” प्रतिवेदन बुझ्न ढिलाइ हुंदा यसले स्थानीय तहको निर्वाचनमा प्रत्यक्ष असर पर्ने आकलन गरिदैं आएको छ। विविसी नेपाली सेवा बाट

 

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो