काठमाण्डौ- नेपालमा हुलाकी सडक निमर्काणका लागि भारत सरकारले झण्डै २५ करोड बराबरको सहयोग अनुदान नेपाल सरकारलाई प्रदान गरेको छ ।
राजधानी काठमाण्डौ स्थित सिंहदरबारमा भारतीय राजदुत रंजित रेले नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई रु २४ करोड ९६ लाख १० हजार ६ सय ९८ रुपैया १७ पैसाको चेक हस्ताअन्तरण गरेका छन ।
हुलाकी सडक अन्तरगत भारत सरकारको ८ सय करोड अनुदान सहयोगमा निर्माण हुन लागेको विरेन्द्र बजार , महिनाथपुर, जनकपुर,चकुवा, मनमात ,कलैया मर्थिवा सडक निर्माणका लागि टेन्डर स्वीकृत भए अनुरुप २५ प्रतिशत रकम ( १० प्रतिशत मोविलाईजेसन एड्भान्स समेत उक्त रकम हस्तान्तरण गरिएको भाततीय दुताबासले जनाएको छ ।
हालै मात्र भारत सरकारको एकहजार विस करोड सहयोग अनुदानमा निर्मित धनगडी –भजनिया सति सडक र लम्की –टिकापुर–रवकौला सडक गत पुष १५ गते भारतीय राजदुत रे तथा मन्त्री लेखकले संयुक्त रुपमा उद्धाटन गरेका थिए ।
भारत सरकारले नेपाल सरकारलाई इस्वी सम्बत १९५० देखी पुर्वाधार सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost