• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार


समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार
किरण भट्टराई, काठमाडौँ  । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोच्नुभएको थियो ।

साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष मात्रै भएकाले म्याद थप्नका लागि भए पनि नेपाल फर्किनैपर्ने सोझो बुझाई उहाँको थियो ।

राम्रो काम पाएको अवस्थामा श्रम स्वीकृतिको म्याद थप्न नेपाल आई घर परिवारसँग भेटघाट गरी केही समयपछि फेरि साउदी फर्कनेसम्मको योजना उहाँले बनाउनुभएको थियो । साहको जीवनमा वैदेशिक रोजगारीको भोगाइ सोचेजस्तो र योजना बनाएजस्तो हुन सकेन । दुई वर्षपुगेपछि घर फर्किने तयारी गरी आफू काम गर्ने कम्पनीमा जानकारी दिन जानुभएका साहलाई कम्पनीले नेपाल फर्किन अनुमति दिएन ।

कम्पनीको सहमतिको चिठी बिना साउदीअरबबाट प्रवेशाज्ञाको म्याद सकिएपनि कुनै कामदार नेपाल फर्कन नपाउने कानुनी बाध्यतामा उहाँ फस्नुभयो । साउदीको कफला पद्धतिमा स्वदेश फर्कनका लागि वहिर्गमन प्रवेशाज्ञाका लागि सम्बन्धित कम्पनीको स्वीकृति अनिवार्य छ । साउदीबाट फोनमा रासससँग साहले भन्नुभयो, “आज पठाइदिन्छु, भोलि पठाइदिन्छु भन्दै कम्पनीले तीन वर्ष झुलाइसक्यो, अझै फर्कन अनुमति दिन्न । म त न मर्नु न बाँच्नुको अवस्थामा पुगेँ ।” उहाँको सप्तरीस्थित घरमा बूढी आमा, श्रीमती, तीन छोरा र एक छोरी छन् ।

साह साउदी जाँदा नौ वर्षको कान्छो छोरा अहिले १४ वर्ष पुग्यो । छोराछोरी कस्ता भए भन्ने कल्पनामा बेलाबेला उहाँ टोलाउनुहन्छ । बूढी आमा छोरा आउने आशामा दिन गन्दै बसीरहनुभएको छ । बहराइन नजिकैको वेल्डिङ वेड्स कम्पनीमा उहाँ वल्डिङको काम गर्नुहुन्छ ।
त्रिपुरेश्वरको वल्र्डवाईड ईम्प्लोइमेन्ट कन्सल्टेन्टबाट रु ९० हजार तिरेर उहाँ त्यहाँ जानुभएको थियो ।

आफ्नो समस्याबारे मेनपावर, साउदीस्थित नेपाली दूतावासलगायतलाई जानकारी गराएपनि हालसम्म कुनै सुनुवाइ नभएको पीडा फोनमा उहाँले पोख्नुभयो । साहमात्रै होइन दाङका तुलसी थापा, अर्जुन श्रेष्ठ, छविलाल गौतम, सुनसरीका श्रवण लिम्बू, नरेशकुमार चौधरी र कपिलवस्तुका अब्जल मुसलमान पनि दुईवर्षे श्रम सम्झौतामा तीन वर्षअघि साउदी अरब पुग्नुभएको थियो । उहाँहरु कामका लागि गएको साउदीको कम्पनी कालोसूचीमा परेको रहेछ । साउदीअरब आएको तीनवर्षे अवधिमा १७ महिनामात्रै आफूहरुले काम पाएको पीडित नरेश चौधरीले टेलिफोनमा भन्नुभयो ।

पछिल्लो सात महिनादेखि काम नभएका कारण आफुहरु त्यसै कोठामा बस्नुपरेको उहाँले जानकारी दिनुभयो । घर फर्किनका लागि कम्पनीको स्वीकृति चाहिने तर कम्पनी नै कालोसूचीमा परेकाले उसले दिएको स्वीकृति काम नलाग्ने भए पछि उहाँहरु समस्यामा पर्नुभएको हो । पीडित चौधरीले भन्नुभयो, “पैसा त कमाउन सकिएन । काम पनि नपाइने, घर जान पनि नपाइने भई बन्दी जीवन बिताउनु परिरहेको छ ।”

त्यहाँको प्रशासनलाई घुस खुवाएर भए पनि नेपाल फर्काइदिन आवश्यक व्यवस्था मिलाउन भनेर आफूहरुले प्रतिकामदार दुई हजार साउदी रियालका दरले १२ हजार उठाएर कम्पनीलाई दिएपनि पछि कम्पनीले नसकेको भन्दै उहाँहरुको रकम फिर्ता दिएको थियो । बानेश्वरमा रहेको स्वस्तिक ओभरसिजबाट उहाँहरु विसं २०७१ सालमा साउदी जानुभएको थियो ।

घर फर्किन नपाउने यस्तै समस्याबाट मोरङका निश्चल थापा मागर र सञ्जय कुमार धितालले भोग्नु परिरहेको छ । त्रिपुरेश्वरको वल्र्डवाइड इम्प्लोमेन्टबाट साढे तीन वर्षअघि साउदी गएका उहाँहरुको राहदानीलगायत कागजपत्र त्यहाँको कम्पनीले लग्यो । अहिले कम्पनीले राहदानी हरायो भन्दै उहाँहरुलाई फिर्ता दिँदैन । सो कम्पनीले दुई वर्षदेखि काम पनि दिएको छैन, तलब पनि दिएका छैन । “नेपाल फर्किन्छुभन्दा फर्कन सहमति पनि दिन्न । यो बीचमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो तर छोडिदियो”–उहाँहरुले भन्नुभयो ।

उहाँहरुले साउदीस्थित दूतावासमा समेत यसबारेमा जानकारी गराएपनि दूतावासले सहयोग नगरेको उहाँहरुको गुनासो छ । पीडित थापामगरका भिनाजु हर्क मगरले भन्नुभयो, “उनीहरुलाई न त कम्पनीले काम गरेको भनेर कागजपत्र दिएको छ, न त उनीहरुको राहदानी नै दिएको छ ।”

साउदीअरबमा एक दशक रोजगारीमा रही नेपाल फर्किएर सुरक्षित आप्रवासको क्षेत्रमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष रहनुभएका कुलप्रसाद कार्की साउदीको कफला कानुनका कारण नेपालीहरुले समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयो । सरकारले साउदीसँग श्रम सम्झौता गर्न सके धेरै समस्याको समाधान हुने र कामदारलाई समयमै उद्धार तथा राहत गर्न सकिने उहाँको भनाइ छ ।

अहिलको प्रक्रियामा कामदारको शव ल्याउनकै लागि तीन महिना कुर्नुपर्ने झन्झटिलो व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । अर्कोतर्फ कामदार समस्यामा पर्दा साउदीस्थित नेपाली दूतावासले समेत चासो नदिने गरेको पीडितहरुको भनाइ छ । साउदीको रियाद, जेद्दा र दमाममा नेपाली दूतावासको कार्यालय रहेकामा दमामस्थित शाखाले समन्वय नै नगर्ने गरेको कामदारहरु बताउँछन् । आर्थिक सङ्कटका कारण साउदीका धेरै कम्पनी बन्द हुँदा त्यहाँ ठूलो सङ्ख्यामा नेपाली कामदार अहिले बेरोजगार हुनपरेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

ताजा समाचार
इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो