काठमाडौं । संविधान संशोधन, स्थानीय निर्वाचनलगायतबारे छलफल गर्न सत्तारुढ दल र मधेसी मोर्चाको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले अपरान्ह मोर्चासंग सत्ता गठबन्धनको बैठक आह्वान गरेका हुन् ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी स्थानीय निर्वाचन र संविधान संशोधनबारे छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चालाई बोलाइएको छ । प्रधानमन्त्रीले पछिल्ला दिनहरुमा स्थानीय निर्वाचनपछि संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेका छन् ।

स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तह प्रमुख र उपप्रमुखको मताधिकार हटाउन संविधान संशोधनको अर्को विधेयक ल्याउने उनको योजना छ ।

तर, मधेसी मोर्चाले भने संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा सभिागी नहुने अडान लिएको छ । मोर्चाको यही अडानमा कारण यसअघि मोर्चासंग भएका बिभिन्न बैठकहरु पनि निष्कर्षविहीन हुँदै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको