
काठमाण्डौ । हाल संसदमा विचाराधिन रहेको दोस्रो संशोधन विधेयक फिर्ता गरी नयाँ संशोधन विधेयक प्रस्तुत गर्ने आन्तरिक सहमति प्रमुख दलहरुबीच भएको छ ।
नयाँ विधेयकमा प्रदेशहरुको सिमांकन गर्नुपरेको खण्डमा सम्बन्धित प्रदेश सभाको सहमति लिएमात्र पुग्ने व्यवस्था गरिएको छ । यस प्रवधानले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग अनुसार धारा २७४ लाई संशोधन गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी सिमांकन हेरफेर गर्नको लागि सिमांकन हेरफेर सम्बन्धि आयोग पनि गठन गरिने बताइएको छ ।