• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

स्थानियतह चुनावका लागि कांग्रेसले तय गर्यो नारा


स्थानियतह चुनावका लागि कांग्रेसले तय गर्यो नारा

‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’

कांग्रेसकाे चुनावी नारा
कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी नारा तय गरेको छ । रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शनिबार बसेको बैठकले चुनावी नारा तय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको हो ।

चुनावी तयारीका लागि देउवा पाँच दिन काठमाडौंबाहिर
कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम र आमसभामा भाग लिन ५ दिन काठमाडौं बाहिर हुने भएका छन् । कांग्रेसले चुनावी प्रचारअन्तर्गत प्रदेश नम्बर ७ मा गर्ने आमसभालाई सम्बोधन गर्न देउवा शनिबार नै धनगढी पुगेका छन् । आइतबार धनगढीमा देउवासहित नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेश नम्बर ५ को तुलसीपुर दाङमा २८ चैत र २९ चैतमा रूपन्देही तथा प्रदेश नम्बर ४ का कास्कीको पोखरामा ३० चैतमा आमसभा सकेपछि मात्र देउवा काठमाडौं फर्किने जानकारी उनका स्वकीय सचिव भानु देउवाले दिए । पोखरापछि प्रदेश नम्बर २ जनकपुरमा ३१ चैतमा र प्रदेश नम्बर १ झापामा २ वैशाखमा आमसभा गर्ने तयारी कांग्रेसको छ । प्रदेश नम्बर ३ तथा प्रदेश नम्बर ६ का आमसभाको स्थान र मिति भने कांग्रेसले तय गरिसकेको छैन । आमसभा सकेपछि कांग्रेसले सात सय ४४ वटै स्थानीय तहमा केन्द्रीय नेताकै सहभागितामा चुनावी सभा गर्ने घोषणा गरेको छ ।

देउवा नबोल्दा पौडेल निधिको पक्षमा
सभापति देउवाले निधिको वरीयताबारेमा मुख खोलेका छैनन् । तर, नेता रामचन्द्र पौडेलले भने ठूलो पार्टीका रूपमा निधि नै प्रधानमन्त्रीपछिको वरीयतामा हुनुपर्ने बताएका थिए । उनले चुनावलाई सत्तासँग जोडेको भन्दै सभापतिको कार्यशैलीप्रति तीव्र विरोध गर्दै निधिप्रति नरम अभिव्यक्ति दिएका थिए ।

पौडेल पक्षका अरू नेता पनि निधिको पक्षमा देखिएका थिए । आफ्नो विश्वासपात्र निधिलाई पौडेल पक्षले साथ दिने तथा आफ्नो सत्तारोहणलाई पौडेल पक्षले सकेसम्म रोक्न खोजेको बुझाइ पनि देउवाको रहेको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । यस्तोमा सकेसम्म निधिसँग दूरी नबढाउने र सकेसम्म उनलाई मनाएर राख्ने नीति देउवाले लिएको देउवानिकट स्रोत बताउँछ । ‘सभापतिलाई निधि, निधिलाई सभापति चाहिने अवस्था छ,’ देउवानिकट स्रोत भन्छ, ‘यस्तोमा सकेसम्म विवाद नगरौँ मिलेरै जाऔँ भन्ने नीति दुवैको देखिन्छ ।’

यी हुन् सहायक नारा
कांग्रेसले सिंहदरबारको अधिकार गाउँ–गाउँमा रूखमा भोट कांग्रेसको नाउँमा, सिंहदरबारको अधिकार गाउँघरमा ल्यायौँ उन्नतिका लागि कांग्रेसलाई जिताऔँ, मधेसी पहाडी दलित जाति जनजाति सबै मतान्तरभन्दा नेपाल देश माथि, सिंहदरबारको अधिकार गाउँघरमा, कांग्रेस नै राम्रो जनताको नजरमा र हिमाल पहाड तराई मधेस कांग्रेसले दिन्छ राष्ट्रिय एकताको सन्देश भन्ने सहायक नारासमेत तय गरेको छ । निर्वाचन समितिले तय गरेको चुनावी नारा प्रत्येक जिल्लामा पठाइसकेको जानकारी पौडेलले दिए । शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरूले छिटो चुनावी नारा तय गरी घोषणापत्र तयार गर्न तल्लो तहमा पठाउन आग्रह गरेका थिए ।

देउवाले निधिलाई भने– हतारमा राजीनामा नदिनू
कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाएका छन् । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले ‘हतार गरेर राजीनामा नदिनू, सरकारमै बसेर काम गर्नुपर्छ’ भनेको जानकारी निधिका प्रेस संयोजक रामजी दाहालले नयाँ पत्रिकालाई दिए । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा निधिले बोल्ने तयारी गरे पनि बिहान सभापति देउवासँगको १० मिनेटको छलफलपछि आफ्नो धारणा नै नराखेको देउवानिकट स्रोत बताउँछ ।

अब के गर्छन् निधि ?
आफू प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा रहेका वेला राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकासमन्त्री बनाएपछि वरीयतामा को अगाडि भन्नेमा विवाद देखिँदै आएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने वेलादेखि नै वरीयता विवाद सतहमा आएको हो । देउवानजिकका विश्वासपात्र निधिसँग आइजिपी नियुक्ति प्रकरणदेखि दूरी बढेको थियो । देउवा डिआइजी जयबहादुर चन्द र निधि डिआइजी नवराज सिलवालको पक्षमा रहे । तर, देउवाले जसरी पनि चन्दलाई आइजिपी बनाउन खोजेपछि सरकारले उनैलाई नियुक्ति गरेको थियो । तर, सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

निधिले वरीयतालाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै राजीनामा दिने विषय बाहिर आएको तीन दिन बिते पनि उनले राजीनामा दिएका छैनन् । देउवाका विश्वासपात्र एवं प्रचण्ड नेतृत्वको सरकारका सूत्राधार निधि नै हुन् । फेरि देउवालाई प्रचण्डपछि प्रधानमन्त्री बन्न पनि निधिकै ठूलो साथ र सहयोग चाहिने भएपछि सभापति देउवा र निधि आपसी दूरी नबढाउने अवस्थामा पुगेका छन् । ‘सभापतिलाई बाइपास गरेर जाने कुरा छैन, मिलेर जाने भन्ने छ,’ निधिनिकट स्रोत भन्छ, ‘सभापतिले जे भन्नहुन्छ, त्यहीअनुसार अघि बढ्नेमा उहाँ हुनुहुन्छ ।’

वरीयता विवादकै कारण ३ चैतयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । मन्त्रिपरिषद्को बैठक पुनः आइतबारलाई सारिएको छ । वरीयतामा आफूलाई प्रधानमन्त्रीपछि नराखिए निधिले मन्त्रिपरिषद् बैठकमा नजाने तयारी गरेको उनीनिकट स्रोत बताउँछ ।

निधि नभए को ?
निधिले वरीयतालाई प्रतिष्ठाको विषय बनाएर राजीनामा दिइहाले देउवाले कसलाई अघि सार्छन् भन्ने विषय पनि उत्तिकै महत्वको छ । पछिल्लो समय देउवाले संविधान संशोधनका लागि प्रस्ताव तयार गर्ने जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएका छन् । सिटौला केही समयदेखि सक्रिय हुने तयारीमा रहँदै गर्दा देउवाको निधिसँग दूरी बढ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको चर्चा कांग्रेसभित्र छ । केही समयअघि कांग्रेसको छलफलमा निधि र सिटौलाबीच संविधान संशोधन र तीनवटा चुनाव गर्ने विषयमा विवाद भएको थियो ।

सिटौलाले जुनसुकै हालतमा तीनवटा चुनाव गर्नुपर्ने बताए पनि संविधान संशोधन भएपछि मात्र चुनावको आधार तय हुने भन्दै निधिले पहिले संशोधन हुनुपर्ने बताएका थिए । १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाले सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई साथ दिएका थिए । यतिखेर सिटौला देउवासँग पार्टीमा काम गर्ने भूमिकाको खोजीमा रहेका छन् । नँया पत्रिकाबाट

 

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो