सप्तरी असार । सप्तरीमा राष्ट्रिय जनता पार्टी नेपालमा पार्टी प्रबेश गर्ने लहर चलेको छ । जिल्लाको मलेठ कंचनपुर बलुवा , महुली शम्भुनाथ नगरपालिकामा एमाले , काँग्रेस ,राप्रपा , फोरम नेपाल पार्टी परित्याग गरी करीव २ हजार नेता कार्यकता राजपा नेपालमा प्रबेश गरेको छ ।
मधेशको मुद्दा बोकेर आन्दोल थालिएको राजपा नेपाल प्रदेश नम्बर २ मा बलियो हुदै गईरहेको छ ।
संगठन सुदृढीकरण तथा पार्टी प्रबेशलाई निरन्तरता दिएका राजपा नेपालका अध्यक्ष मंडलका अध्यक्षहरु क्रमश ः राजेन्द्र महतो , महेन्द्र राय यादव, शरत्तसिंह भण्डारी , अनिल कुमार झा र राजकिशोर यादव शनिवार नै सप्तरी आएर पार्टी प्रबेशको कामलाई निरन्तरता दिएको छ ।
आज सप्तरीको कंचनपुर बलुवामा ५ सय र महुलीमा ५ सय नेता÷कार्यकर्ताहरुलाई राजपामा प्रबेश गराएका सह महासचिव गजेन्द्र कुमार मंडलले जानकारी दिए ।
त्यस्तै शम्भुनाथ कठौनामा संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य बिषणुकान्त गुप्ता , नगर कमिटी संयोजक चन्द्रकान्त मंडल , पुर्व गाविस अध्यक्षहरु क्रमश ःराम प्रसाद चौधरी,कैलु सदा , उमाकान्त मंलडल लगायत विभिन्न पार्टी परित्याग गरी ५ सय जना नेता ÷कार्यकर्ता राजपामा प्रबेश गरेको छ ।
कार्यक्रममा राजपाका बरिष्ठ उपाध्यक्ष द्धवय शेखर कुमार सिंह, मृगेन्द्र कुमार सिंह , महासचिव केशव कुमार झा , सह– महासचिव द्धवय जयप्रकाश ठाकुर , गजेन्द्र कुमार मंडल , केन्द्रय सदस्य सत्यनरायण यादव , दिनेश कुमार यादव , माधुरी साह लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost