• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

एमालेले बाड्न लागेको चामल सहितको गाडी प्रहरी नियन्त्रणमा

एमालेले बाड्न लागेको चामल सहितको गाडी प्रहरी नियन्त्रणमा

पाल्पा असार । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं.को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पर्दाथ रामपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने सिताकुण्डमा लैजादै गर्दा नियन्त्रणमा लिइएको हो ।

एमालेका तर्फबाट रामपुरको उपमेयरकी उम्मेदबार दुर्गा रानाका श्रीमान् टिकाराम रानाले बसपार्कमा रहेको पसलबाट अर्डर गरेर ती सामानहरु लगिएको प्रारम्भीक अनुसन्धनबाट पत्ता लागेको छ ।

गाडीमा एमालेको बडा नं. चारका उम्मेदबार सहितका केही कार्यकर्ताहरु पनि रहेका थिए । उनीहरु सहित गाडी र खाद्य तथा पेय पदार्थलाई तरुण दलका नगर सभापति शंकर खाँणको टोलीले गाँमडाडा भन्ने ठाँउबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरले गाडी सहितका सामानहरु आफ्नो नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको जनाएको छ ।

नगरपालिकाका कार्यकारी प्रमुख सुरथ पोखरेलले कार्यकर्ताहरु गएको गाडी र सामानहरु बाड्न लगिएको थियो की व्यक्तिगत प्रयोजनका लागि लगिएको थियो भन्ने बारेमा अनुसन्धनन भईरहेको बताउनु भयो ।

तर गाडीमा एमालेका कार्यकर्ता भएको, एमालेको झण्डा बाधेको, उपमेयरका उम्मेदबारको श्रीमान्ले सामान अडर गरेको लगायतका कारणले ती सामानहरु एमालेले वितरणकै लागि लगेको खाँणको दावी छ ।

गाडीमा भएका सामानहरु मध्य विल भएका भन्दा नभएका सामानहरु धेरै भएकाले पनि शंका गर्ने आधार भने रहेको कार्यकारी प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

रामपुर नगरपालिकामा मेयरका लागि एमालेका तर्फबाट राजु श्रेष्ठ उम्मेदबारीले उम्मेदबारी दिनु भएको छ भने काँग्रेसका तर्फबाट रमण थापा चुनावी मैदानमा हुनुहुन्छ ।

यसैगरी रामपुरकै वडा नं. १० मा मादक पदार्थ सहितको भोजभतेर भईरहेका बेला अनुगमनका लागि गएका गाँउलेहरुलाई एमाले कार्यकर्ताहरुले खुकुरी प्रहारगरी घाइते बनाएका छन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नं. १० मा पर्ने कुमाल गाँउमा मतदाताहरुलाई प्रभावित पार्नेगरी केही दिनदेखि भईरहेको भोजभतेर बारे जानकारी लिन जाँदा एमाले कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका हुन् ।

शनिबार राती १० बजेतिर एमालेका स्थानीय कार्यकर्ताहरु गोविन्द श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सोनबहादुर कुमाल लगायतका कार्यकर्ताहरुले स्थानीय श्रीकृष्ण भण्डारीलाई खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

आक्रमण गर्नेवित्तिकै भण्डारीले खुकुरी खोसेपछि उनीहरु भागेको र अहिले सम्म पनि सम्पर्कमा नरहेको स्थानीयले बताएका छन् ।

घाइते भण्डारीको शरिरमा सामान्य चोट लागेको छ । उहाँ अहिले उपचार र प्रहरीमा उजुरी दिन रामपुर बजार पुग्नु भएको छ । केही बर्ष बैदेशिक रोजगारीमा गएर गाँउ फर्किएका भण्डारी अहिले गाँउमै विभिन्न व्यवसाय गर्दै आउनु भएको छ ।

साविकको गेझा गाविस अहिलेको रामपुर नगरपालिका बडा नं. १०मा यसअघि एमालेले जितेको भएपनि गाँउको अवस्था जस्ताको तस्तै भएपछि अहिले पराजित हुनेभएपनि एमाले आत्तिएको छ ।

मतदातालाई प्रभावित पार्न एमाले कार्यकर्ताहरुले अनेक लोभ देखाउने, भ्रममा पार्ने र धम्की दिने गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

लामो समयदेखि दलित र जनजातीहरुसँग नजिक रहेर सामाजिक सेवा गर्दै आउनु भएका काँग्रेसका वडा अध्यक्षका उम्मेदबार एकराज पाठक अन्य उम्मेदबारहरु भन्दा लोकप्रिय मानिनुहुन्छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

ताजा समाचार

आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह

बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो