राजविराज । मेलमिलाप र पवित्रताको महान पर्व इद–उल–फित्रको अवसरमा देश र विदेशमा बस्ने सबै ईस्लाम धर्मावलम्बीहरुलाई राष्ट्रिय जनता पार्टी नेपालले शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
राजपा नेपालका अध्यक्षमण्डलीय संयोजक महन्थ ठाकुरले सोमबार एक विज्ञप्ति जारी गरी ‘सबैमा ईद मुबारक होस् ।’ उल्लेख गरेका छन् ।
समानताको पर्वको यस अवसरमा राजपा नेपालले सबै किसिमको विभेद, कुरिती र रुढिवादका साथै विभेदपूर्ण संविधानका संशोधन मार्पmत सम्पूर्ण जनताको समानताको हक दिलाउनका लागि आफ्नो संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
‘यस पर्वले सवैमा सदभाव, सदबुद्धि र नयाँ उर्जा प्रदान गरोस, यही हाम्रो कामना छ ।’ विज्ञप्तिमा उल्लेख छ ।