सप्तरी । तराईमा बसोवास गर्ने मधेशी समुदायमा सामाजिक परम्परा अनुसार दाईजो बिनाको विवाह भएको बिरलै सुन्न पाईन्छ । तर समाजलाई चुनौती दिदै एक जोरी चिकित्सकले आर्दश विवाह गरेका छन ।
राजविराज नगरपालिका –६ बस्ने चिकित्सक मनोज कुमार साहले १९ असारमा मिर्चैया नगरपालिका २ वस्ने चिकित्सक रुबी कुमारी साह संग वैवाहिक बन्धनमा बाँधिएको छ ।
विपि कोईराला विज्ञान प्रतिष्ठान धरानमा कार्यरत चिकित्सक मनोज दाईजो बिरोधी रहेको बताईन्छ र तराईमा छोरालाई दाईजो लिनलाई मात्र डाक्टर. बनाउन चाहन्छन अभिभावकहरु, डाक्टर भएका छोराका लागि दाईजोमा यस समाजमा करौडौं रकम लिएको पाईन्छ । छोराको पढाईएको रकम दाईजोमा माग गरी गोरु जस्तै बजारमा बेच्ने गरेको छ । छारोको विवाहमा खर्च हुने रकम देखी पढाईमा खर्च समेत दाईजो बाटै असुली गर्ने परम्परा विकसित हुदै गईरहेको छ ।
समाज परिबर्तनका लागि दाईजो अभिसाप मानिएको भन्दै डा साहले अभिभावकालाई आफनो अनुकूल बनाउदै समाजिक रितिजिवाज अनुसार विबाह गरिएको छ । डा साह धरान स्थित विपि कोईराला विज्ञान प्रतिठानमा कन्सलटेन्ट गाईनो विषेज्ञ भई काम गरिरहेको छ भने डा रुवी नेपाल मेडिकल कलेजबाट एमविविएस पास गरी इटर्नसिप गरिहेको छ ।
विवाहमा खुर्सानीको चक्कर
आर्दश विबाहको खुसीका सबै नाची रहेको थियो जन्तीहरु विबाह मन्डपमा पुगियो मन्डपमा पुग्ने वितिकै खाजा खान दिने चलन अनुसार खाजाको प्यकेट सबैको हाथमा दिईयो त्यो प्यकेट भित्र भुटेको च्युरा , मासु र खुर्सानी राएिको थियो ।
सबै जन्तीहरु प्यकेट खोलेर खाजा खान थाले खाजा खाए सगै खुर्सानीको स्वाद पनि लिन छोडेन पिरोले सबैको अखामा आशु जस्तै भयो । त्यहाँ भएका व्यक्तिहरु भन्नथाले किन रोएको साव तर त्यहाँ जोक्स जस्तै भयो रोएको हैन डाक्रले आर्दश विबाह गरेको करणले खुसीले आशु आएको भन्दै ठठा गरे । त्यहा साँच्चिकै एक छिन रमाईलो जस्तै भयो सबैको आखा खुर्सानीको पिरोले आशु भए पछि दृष्य रमनीय बन्यो । खुर्सानीको चक्करमा कतिले खाना समेत खान सकेन ।
दाईजोका कारण बढदो हिंसा
तराईका पारम्परिक संस्कृति, अशिक्षा र अन्धविश्वासका कारण यहाँका महिलाहरु बढी हिंसामा पर्ने गरेको छ ।
पूराना रुढीवादी सोच, अलग संस्कृति र मान्यताका कारण पनि तराईका महिलाहरु शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।
तर यी सवलाई चुनौतिदै तराईको क्षेत्रमा पनि छोरलिाई पढाउन थालिएको छ । पछिलो पटक दर्जनौ महिलाहरुको यस क्षेत्र बाट मेकिल र ईन्जिनियर पढाएको पाईन्छ ।
यसो त छोरीलाई जती पढायो त्यती दाईजो तिर्नु पर्छ भन्ने अन्धविसवास रहेको छ । उनीहरुमा अहिले पनि पढ्ने लेख्ने भन्दा पनि घरपरिवारको सेवा गर्ने हो भन्ने सोच हाबी रहेको छ । मधेसी समुदायमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने सोचका कारण पछिल्लो पुस्ताका महिलाहरुले पनि उचित शिक्षा पाउन सकेका छै्रनन् । बढी पढायो भने बढी दाईजो दिनुपर्ने गलत सोचका कारण मधेशी समुदायका अभिभावकहरुले छोरीलाई कक्षा ५ सम्म पढाएर विद्यालयबाट हटाउँछन् । आफनो नाम लेख्न मात्र जान्न सक्ने भएपछि दाईजो कम दिनुपर्छ भन्ने रुढीवादी सोचका कारण पनि महिलाहरु हिंसामा पर्ने गरेका छन् ।
छोरी जन्मदैमा नाक खुम्च्याउने हाम्रो समाजमा छोरीलाई पढाउदा बढी जान्ने भएपछि समस्या हुन्छ भन्नेहरु पनि छन् । दाईजो प्रथाका कारणले पनि तराई मधेसमा छोरा जन्मिदा खुशी हुने र छोरी जन्मिदा नाक खुम्च्याउने गरेको भेटिन्छ । महिला झन् पीडामा पर्ने गरेका छन् । महिला हिंसाका घट्नालाइ गाँउ समाजमै दबाउने गरिएका कारण पीडकहरुले प्रोत्साहन पाउने गरेका छन् ।
सप्तरीका प्रहरी उपरीक्षक अनुराग दुबेद्धी अनुसार दाईजो प्रथा गैरकानुनी हो भनेर चेतनाको कमी भएको र दाईजो लिने दिने कुरा गैरकानुनी भएको थाहा भएपनि यो संस्कारकै रुपमा विकास भएको छ । यस्तो बातावरणले गर्दा यो दाईजो गैरकानुनी हो थाहा भएपनि दाईजो दिएको व्यतिmको तर्फबाट खासै उजुरी दिन नआएको देखीन्छ । बेहुली र बेहुला पक्षको आपसी समझदारी हुन्छ तबसम्म कुरा बाहिर आउदैन तर जब विवाहको बेलामा भएको कुरा पुरा हुदैन तब मात्रै कुरा बाहिर आउँछ । महिला हिंसा हुने मुख्य कारण दाईजो प्रथा नै हो । छोरीलाई शिक्षित बनाईसके पनि विवाहमा माग हुने गरेको दाईजोले धेरै अभिभावक प्रताडित छन् हाम्रो समाजमा । कतिपय अभिभावकले दाईजोकै कारण छोरीको विवाह गर्ने आट गर्न सकेका छैनन् । कतिपय घट्नाहरुमा प्रहरी प्रशासनले राम्रो भुमिका निर्वाह गरेको छ । तर पनि गाउँघरमा अझ पनि विभिन्न दवावमा घटनाहरु सामसुम पार्ने , लुकाउने काम भईरहेको छ ।
राज्यले महिला हिंसाबाट पीडितहरुको कानुनी उपचारको ऐनको व्यवस्था गरेको छ । तसर्थ आफूलाई समस्या परे त्यसको समाधानका लागि कानुनी उपचार खोज्न तर्फ महिलाहरु अगाडि आउनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको