राजविराज, असार । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानको माग गर्दै शनिवार देखि सप्तरीका विद्यार्थीहरुले रिले अनशन थालेका छन् ।
स्थानीय गजेन्द्र चौकभित्र लालि गुराँस वाल क्लवको अगुवाईमा थालिएको रिेले अनशनको पहिलो दिन क्लवका अध्यक्ष मो. जकउल्ला अंसारी सहित २० जना विद्यार्थी सहभागी छन् ।
७ दिनसम्म रिले अनशनवाट पनि माग पुरा नभए दोस्रो चरणमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु अघि वढाईने अध्यक्ष अंसारीले वताएका छन् ।
शैक्षिक क्षेत्रका समस्या समाधान गर्न यस अघि जेठ २५ गते प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र शिक्ष मन्त्रीलाई ज्ञापन पत्र पठाउँदा पनि कुनै सुनुवाई नभएकाले अनशन थालेको उनको भनाई छ ।
पाठयपुस्तक समयमै उपलब्ध गराउनु पर्ने, पाठ्यपुस्तकको मनपरी मुल्य नियन्त्रण गर्नु पर्ने, वन्द हडतालवाट विद्यालयलाई अलग गरेर राख्नु पर्ने, रजिष्ट्रेशन र परिक्षा शुल्क निशुल्क गरिनु पर्ने, मदरसाहरुलाई अन्य सरकारी विद्यालय सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने लगायतका १४ वुँदे माग अघि सार्दै थालिएको रिले अनशनमा एक दर्जन भन्दा वढि संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।
अनशन स्थलमा पुगेका नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, नागरिक संजालका अध्यक्ष सुखराम यादव, सेभ द नेपालका कार्यकारी निर्देशक अजित ठाकुर, नेविसंघका पुर्व सह महामन्त्री ईर्साद अन्सारी लगायतले विद्यार्थीहरुको जायज माग प्रति ऐक्यवद्धता जनाउँदै अविलम्व सम्वोधन गर्न सरकारसँग माग गरेका छन् ।
यसैविच शिक्षा कार्यालयका शाखा अधिकृत दिपकुमार यादव र परिक्षा फाँटका प्रमुख विरेन्द्र चौधरीले अनशनकारीहरुलाई भेटेर अनशन तोडन आग्रह गरेका छन् । कतिपय माग पुरा भई सकेको र अन्य मागका सम्वन्धमा आवश्यक पहल भईरहेको उनीहरुले वताएता पनि सवै माग पुरा नभएसम्म अनशन नतोडिए विद्यार्थीहरुले वताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको