काठमाडौं असार । २३ बर्ष अघि हत्या गरी फरार रहेका प्रतिबादीहरु पक्राउ छन् । मिति २०५१।११। २० गते राति पकरी चोक सप्तरीमा रामलिला हेरी आप्नो घरतर्फ फर्कदै गरेका स्थानीय जोगेन्द्र मण्डललाई वादबिबादको क्रममा कुटपिट गरी धारीलो हतियार प्रहार गरी कर्तब्य गरी हत्या गरेका थिए ।

मण्डलको मृतक शव मिति २०५१।११।२१ गते सोही स्थानमा फेला परेको वारदातमा संलग्न सचिन्द्र यादव, कारी यादव, कारी सदा मुसहर, रामकिसुन सदा मुसहर र दामोदर सदा मुसहर समेतका पाँचजना प्रतिबादीहरु मध्ये हालसम्म फरार रहेका जिल्ला सप्तरी साविक पकरी गा।बि।स। वडा नं। ६ हालको महादेवा गाऊँपालिका वडा नं। १ स्थायी वतन भई धुम्बाराही काठमाडौंमा डेरा गरी बस्ने बर्ष ४६ का सचिन्द्र यादव र ऐ।ऐ। बस्ने बर्ष ३५ का कारी यादव समेत दुई जनालाई यस केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले २९ गते बेलुका बालाजु, काठमाडौंबाट पक्राउ गरेको हो ।

देव नारायण र चन्द्र मण्डलको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी सचिन्द्र यादव समेत भएको उल्लेखित वारदातको कर्तब्य(ज्यान मुद्दामा सर्वोच्च अदालतको २०६२।१२।७ गतेको फैसलाले पक्राउ परेका दुवै जनालाई सर्वश्व सहित जन्म(कैदको सजाय हुने ठहर गरेको हुदा आज फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको हो ।

प्रतिबादीहरुलाई अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा काठमाडौंमा  पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको