छिन्नमस्ता पुनः महायज्ञ तयारीमा
संतोष चौधरी
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सखडेश्वरी भगवती मंदिरमा गत वैशाखमा आयोजित श्री लक्षचण्डी रुद्र महायज्ञको पूर्णार्थ आउँदो शारदीय नवरात्रामा श्री दश महाविद्या सहरुद्र महायज्ञ हुने भएको छ । महायज्ञका लागि आवश्यक तयारी सुरु भइसकेको छ ।
छिन्नमस्ता सखडा शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर महायज्ञको मुख्य जजमान रहनुभएको छ । पीठाधीश ठाकुरका अनुसार श्री लक्षचण्डी रुद्रमहायज्ञ नेपालमै पहिलो पटक सखडामा आयोजना गरिएको र भावी श्री दश महाविद्या सहरुद्र महायज्ञ पनि नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको छ । महायज्ञ सनातन वैदिक महायज्ञ हुने उहाँले बताउनुभयो ।
प्रख्यात छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा संसारकै चौथो र नेपालको प्रथम सनातन महायज्ञ श्री लक्षचण्डी रुद्र महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण श्रद्धालु, भक्तजन, दाताजन र सहयोगीप्रति धन्यवादज्ञापन गर्दै पीठाधीश ठाकुरले आगमी महायज्ञको सफलताका लागि सहयोगको अपेक्षा प्रकट गर्नुभएको छ ।
महाविद्या अर्थात महान विद्या रूपी देवी । महाविद्या देवी दुर्गाका दश रूप छन्, जो अधिकांश तान्त्रिक साधकद्वारा पूजिन्छन् । तर साधारण भक्तहरूलाई पनि अचूक सिद्धि प्रदान गर्ने मानिन्छ । यी दश महाविद्याका नामले पनि जानिन्छ्न् । महाविद्या विचारको विकास शक्तिवादका इतिहासमा एउटा नयाँ अध्याय बनायो, जसले यस विश्वासलाई पोषित ग¥यो कि नारी शक्ति नै सर्व शक्तिमान् हो ।
महाविद्या शब्द संस्कृत भाषाका शब्दहरू “महा“ तथा “विद्या“देखि बनाइएको हो । “महा“ अर्थात महान, विशाल, विराट । तथा “विद्या“ अर्थात ज्ञान । महाविद्या, जो कि जगदम्बाका दस आध्यात्मिक व्यक्तित्वहरूको व्याख्या गर्दछ, जो निम्न छन् ः काली, तारादेवी, त्रिपुरसुन्दरी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातंगी र कमला ।
गुह्यतिगुह्य पुराण महाविद्याहरूलाई भगवान विष्णुका दस अवतारहरूदेखि सम्बद्ध गर्दछ र यो व्याख्या गर्दछ कि महाविद्या ती स्रोत हो जसबाट भगवान विष्णुका दश अवतार उत्पन्न भए । महाविद्याहरूका यी दश रूप चाहे ती भयानक होउन् अथवा सौम्य, जगज्जननीका रूपमा पूजिन्छन् ।
श्री देवी भाग्वत पुराणका अनुसार महाविद्याहरूको उत्पत्ति भगवान शिव र तिनकी पत्नी सती, जो कि पार्वतीको पूर्वजन्म थिए, का बीच एउटा विवादका कारण भएको हो । जब शिव र सतीको विवाह भयो सतीका पिता दक्ष प्रजापति दुइटैका विवाहदेखि खुसी थिएनन् । उनले शिवको अपमान गर्नका उद्देश्यले एउटा विशाल यज्ञको आयोजन गरे, जसमा उनले सबै देवी–देवताहरूलाई आमन्त्रित गरे, द्वेषवश उनले आफ्नो ज्वाइँ भगवान शंकर र आफ्नी पुत्री सतीलाई निमन्त्रित गरेनन् । सती पिताका द्वारा आयोजित यज्ञमा जाने हठ गर्न थालिन् । जसलाई शिवले बेवास्ता गरिदिए, जबसम्म कि सतीले स्वयंलाई एउटा भयानक रूपमा परिवर्तित गरिन् । तत्पश्चात् देवी दश रूपहरूमा विभाजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?