काठमाडौँ । आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहका निर्वाचन नेकपा (एमाले) लाई फलामको च्यूरा चपाउनु जस्तै बनेको छ ।

एमालेका नेताहरुले २ नम्बर प्रदेशको स्थानीय तहको चुनावमा एमाले नै पहिलो बन्ने बताउँदै आइरहेका छन् । २ नम्बर प्रदेशमा मधेश विरोधी पार्टीको रुपमा दर्ता हुन पुगेको एमालेलाई काँग्रेस–माओवादी बाहेक अन्य पार्टीले समेत तालमेल गर्न इन्कार गरेका छन् ।

तालमेलको सम्भावना नभएपछि एमाले २ नम्बर प्रदेशको निर्वाचनमा एक्लै भिड्ने भएको हो । पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा नै धेरै मेहनत गरेर आफ्नो अवस्थामा सुधार गरेको र एमालेलाई पछि धकेलेको सम्बन्ध श्रोतले जानकारी दिएको छ ।

२ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेलाई सकेसम्म बढार्ने अभियानमा अन्य पार्टीहरु लागेका छन् । तै पनि मधेशलाई आफ्नो कर्मभूमी ठान्ने नेकपा (एमाले) ले केही स्थानमा हात पार्ने भनी तराईमा चर्चा छ ।

संविधान संशोधनको मुद्दामा एमालेसँग मधेशी नेतामात्र नभै जनता समेत रुष्ट बनेको बताइएको छ । त्यसैले आगामी असोज २ गते हुने २ नम्बर प्रदेशको निर्वाचन एमालेलाई ‘रुनु न हास्नु’ बन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको