काठमाडौं, २६भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद विस्तार गरेका छन । प्रधानमन्त्रीले राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागि गराउँदै मन्त्रीपरिषद विस्तार गरेका हुन । सरकारका नवनियुक्त तीन मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट सरकारमा थपिएका तीन मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गरेका हुन् ।
राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्रिपरिषद्मा प्रवेश पाएका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहोरा, वन मन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनीलबहादुर थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान सपथ ग्रहण गराएकी हुन ।
उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका रेशम लामाले पनि आजै सपथ लिने कार्यक्रम छ । उनको सपथ भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ ।
मन्त्रिपरिषद् विस्तारसँगै देउवाको चर्को आलोचना भइरहेको छ । सरकारमा ३ मन्त्री र १ राज्यमन्त्री थपिएपछि देउवा नेतृत्वको मन्त्रिपरिषद् ५४ सदस्यीय भएको छ ।