काठमाडौं । न्यायपरिषद्को बुधवार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशको लागि तीन जनालाई सिफारिस गरेको खबर छ ।

उच्च अदालतका मुख्य न्यायाधीशहरु बमकुमार श्रेष्ठ, टंक मोक्तान र डम्बरबहादुर शाहीलाई सर्वोच्च अदालतको न्यायाधीशको लागि सिफारिस गरिएको समाचार स्रोतले जनाएको छ । सर्वोच्च अदालतको चारमा न्यायपरिषद्ले तीन जनालाई नियुक्त गर्नको लागि सिफारिस गरेको हो ।

व्यवस्थापिका—संसद अन्तर्गतको संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरुलाई नियुक्ती गरिनेछ । यसैगरी आजको बैठकले ठुलो संख्यामा जिल्ला अदालतका एक सय ९७  न्यायाधीशहरुको सरुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको