संतोष चौधरी
राजविराज नगरपालिकाको निर्वाचनमा कुल १६ वडाध्यक्षहरूमा राष्ट्रिय जनता पार्टीका ५, संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रका ४÷४, नेपाली कांग्रेसका १ र २ स्वतन्त्र प्रत्याशी निर्वाचित भएका छन्, जबकि मुख्य दलहरूमा नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमले एउटै पनि वडाध्यक्ष जिताउन सकेका छैनन् ।
राजपाका वडा नं. १ बाट पडरियाका चन्द्रशेषर चौधरी, वडा नं. ९ बाट विहारपुरका शम्भु प्रसाद यादव, वडा नं. १० बाट विरौलका सुशील कुमार दास, वडा नं. १४ बाट परसाहीका शोभा लाल मंडल र वडा नं. १६ बाट बोरियाका बुचाई दास निर्वाचित भएका छन् ।
फोरमका वडा नं. २ बाट राजदेवीटोलका अरुण कुमार यादव, वडा नं. १२ बाट सिग्यौनका हरिहर यादव, वडा नं. १३ बाट भेलहीका राजेन्द्र प्रसाद यादव र वडा नं. १५ बाट मुसहर्नियाका राम प्रसाद यादव निर्वाचित भएका छन् ।
माओवादीका वडा नं. ४ बाट गोर्खालीटोलका अख्तर अलि, वडा नं. ६ बाट खरसालटोलका प्रेम कुमार यादव, वडा नं. ८ बाट हिमालयटोलका जय नारायण मंडल र वडा नं. ११ बाट झल्हीका संजय कुमार यादव निर्वाचित भएका छन् ।
कांग्रेसका वडा नं. ५ बाट स्वर्णटोलका समीर कुमार झा एकमात्र वडाध्यक्ष प्रत्याशी निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवारहरूमा वडा नं. ३ बाट सर्वोदयटोलका सुदर्शन प्रसाद सिंह र वडा नं. ७ बाट हटियाका मांगीलाल नाई निर्वाचित भएका छन् ।
१६ वटै वडामा ५ र ४ वटा वडाध्यक्ष पाउने राजपा र फोरम ४÷४ वटा वडामा निकटतम प्रतिद्वन्द्वीका रूपमा रहे । त्यस्तै एउटा वडाध्यक्ष जित्ने कांग्रेस ३ वटा वडामा, ४ वटा वडाध्यक्ष जित्ने माओवादी र एउटै वडाध्यक्ष नजित्ने एमाले २÷२ वटा वडामा र एउटै वडाध्यक्ष नजित्ने लोकतान्त्रिक १ वटा वडामा निकटतम प्रतिद्वन्द्वीको रूपमा रहे ।
वडाध्यक्ष जिताउन नसकेको लोकतान्त्रिकले वडा नं. ६ मा मात्र ९ मतले पछि रह्यो भने एमालेले वडा नं. १० मा ४ मतले र वडा नं. १४ मा ६७ मतले पछि रह्यो । कांग्रेस वडा नं. ७ मा ३ मतले पछि प¥यो भने वडा नं. ९ र १५ मा निकटतम प्रतिद्वन्द्वी रहे पनि फराकिलो मतले पछि प¥यो । माओवादी वडा नं. ५ र वडा नं. १६ मा समान मत २१ ले पछि रह्यो । फोरम वडा नं. १ मा ३९९ मतले, वडा नं. ३ मा ३७ मतले, वडा नं. ८ मा ७९ मतले, वडा नं. ११ मा ३४ मतले पछि रह्यो । राजपा वडा नं. २ मा १६३ मतले, वडा नं. ४ मा २२ मतले, वडा नं. १२ मा ५२ मतले, वडा नं. १३ मा २१ मतले पछि रह्यो ।
वडा नं. १ का वडाध्यक्ष चन्द्रशेषर चौधरीले ७७८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमबाट चनौराका इलियास मियाँ (३७९) रहेका छन् । यस वडामा कांग्रेसबाट पडरियाका आनन्द कुमार झा (३०३) तेस्रो स्थानमा र एमालेबाट डुमरी शिवथानका कलिम मियाँ चौथो स्थानमा सीमित भएका छन् ।
वडा नं. २ मा फोरमका अरुण कुमार यादवले ४६० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाका राजदेवीटोलका ललित नारायण झा (२९७) रहेका छन् । यस वडामा तेस्रो स्थानमा कांग्रेसबाट इन्द्र कुमार देव (२२५) र चौथो स्थानमा माओवादीबाट राजदेवीटोलका विरेन्द्र देव (९०) रहेका छन् ।
वडा नं. ३ मा स्वतन्त्र उम्मेदवार सुदर्शन प्रसाद सिंहले १९७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमबाट गल्लालाईनका अनिल कुमार दास (१६०) रहेका छन् । यस वडामा कांग्रेसबाट गजेन्द्रचौकका अमित कुमार दास (१२७) तेस्रो स्थानमा र नयाँ शक्ति पार्टीबाट राजदेवीरोडका मो. हदिस (७०) चौथो स्थानमा रहेका छन् ।
वडा नं. ४ मा माओवादीका अख्तर मियाँले २७९ मत ल्याएर विजयी भएका छन् भने राजपाका गोर्खालीटोलका दिनेश कुमार साह कसेराले २५७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका छन् । त्यसैगरी कांग्रेसका कासिम अंसारीले १९७ मत ल्याएर तेस्रो स्थानमा र फोरमका बसन्त कुमार साह १०० मत ल्याएर चौथो स्थानमा सीमित भएका छन् ।
वडा नं. ५ कांग्रेसका समीर कुमार झा २१० मत ल्याएर विजयी भएका छन् भने माओवादीबाट स्वर्णटोलका संजय कुमार दास (१८९) मत ल्याएर दोस्रो स्थानमा, फोरमबाट स्वर्णटोलका बन्धु लाल दास १५७ मत ल्याएर तेस्रो स्थानमा र राजपाबाट बजरंगटोलका राजेन्द्र प्रसाद दास १३३ मत ल्याएर चौथो स्थानमा सीमित भएका छन् ।
वडा नं. ६ मा वडाध्यक्ष निर्वाचित माओवादीका प्रेम कुमार यादवले ३८० मत र अन्य उम्मेदवारहरूमा लोकतान्त्रिकबाट पुरणीपोखरीका शिव कुमार साहले ३७१, कांग्रेसबाट थानगाछीका शत्रुघ्न साह हलुवाईले २१८ र राजपाबाट लिलजाटोलका संजीव कुमार चौधरीले २०२ मत ल्याएका छन् ।
वडा नं. ७ मा स्वतन्त्र मांगी लाल नाईले २६९, कांग्रेसबाट हटियाका शिव नारायण साह सोनारले २६६ मत, माओवादीबाट खैरसालका सुभाषचन्द्र यादवले २१४ मत, राजपाबाट खैरसालका बौकु साह २०१ र एमालेबाट खैरसालका श्यामसुन्दर यादवले २०१ मत प्राप्त गरेका छन् । फोरमबाट खैरसालका रामप्रित मंडलले १५६, लोकतान्त्रिकबाट खैरसालका आशोलाल यादवले १४६ मत प्राप्त गरेका छन् ।
वडा नं. ८ मा माओवादीका जय नारायण मंडलले ३०० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी फोरमका देव नारायण गुरमैताले २२१ मत पाएका छन् । एमालेका सुरेन्द्र दास १२५ मत लिएर तेस्रो, वनारसी साहु तेली १०१ मत पाएर चौथो र ५८ मत पाएर इन्द्र नारायण साह पाँचौं स्थान प्राप्त गरेका छन् ।
वडा नं. ९ मा वडा अध्यक्ष निर्वाचित राजपाका शम्भु प्रसाद यादवले ६७४ मत पाएका छन् । उनी निर्वाचित वडाध्यक्षहरूमा सबैभन्दा बढी मत पाउनेमा दोस्रो हुन् । वडा नं. १ का राजपाकै चन्द्रशेषर चौधरीले ७७८ मत पाएका छन् । वडा नं. ९ मा कांग्रेसबाट विहारपुरकै प्रदीप कुमार यादव ४१२ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । फोरमबाट जोलहरीका सीताराम यादव र एमालेबाट मलेठका महेश्वर यादवले समान ३०८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । माओवादीबाट जगदरीका बुदुस मियाँले ३०७, लोकतान्त्रिकबाट कोलहटाका सदरुल मियाँ १५१ मत प्राप्त गरी चौथो र पाँचौं स्थानमा छन् ।
वडा नं. १० मा अध्यक्ष निर्वाचित राजपाका सुशील कुमार दासले ३८२ मत प्राप्त गरेका छन् भने उनीभन्दा ४ मतमात्र कम पाएर एमालेबाट विरौलकै गंगाराम खंग दोस्रो स्थानमा पुगेका छन् । यस्तै कांग्रेसबाट मटिगढीका रुन्दी यादवले २६९ मत, लोकतान्त्रिकबाट दिघबाका शिव नारायण भिनबारले १९७ मत फोरमबाट दिघबाकै भुपेन्द्र प्रसाद यादवले १७३ मत र माओवादीका विरौलकै हरेराम यादवले ७४ मत पाएका छन् ।
वडा नं. ११ मा माओवादीबाट वडाध्यक्ष निर्वाचित संजय कुमार यादवले वडाध्यक्षमा सर्वाधिक ५४७ मत पाएका छन् । यस वडामा फोरमबाट फर्सैठका राजिन्दर प्रसाद यादवले ५१३ मत पाएर दोस्रो र राजपाबाट झलहीका उपेन्द्र प्रसाद यादव ३९२ मत पाएर तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका कांग्रेसबाट फर्सैठका शिव नारायण यादवले ४२ मत मात्र प्राप्त गरी पाँचौं स्थानमा छन् ।
वडा नं. १२ मा फोरमका हरिहर यादवले ३३८ मत पाएर विजयी भएका छन् भने राजपाका रामचन्द्र यादव २८६ मत पाएर दोस्रो स्थानमा छन् । माओवादीका गोपीकृष्ण यादव २६५ मत पाएर तेस्रो, स्वतन्त्र उम्मेदवार राम कुमार यादव १३६ मत पाएर चौथो, एमालेका सत्य नारायण यादव ९४ मत पाएर पाँचौं र कांग्रेसका रामसेवक यादव ३९ मत पाएर छैठौं स्थानमा छन् । वडाध्यक्ष निर्वाचित हरिहर यादव सिग्यौनका र पराजित सबै उम्मेदवार दमावतीका हुन् । यहाँबाट लोकतान्त्रिकका उम्मेदवार थिएनन् ।
वडा नं. १३ मा फोरमका राजेन्द्र प्रसाद यादवले ३६५ मत पाएर वडाध्यक्ष बनेका छन् भने राजपाबाट विषहरियाका त्रिलोकीनाथ चौधरी ३४४ मत पाएर दोस्रो स्थानमा छन् । एमालेबाट पिपराहीका भुपेन्द्र यादवले १५२ मत, माओवादीबाट पिपराहीकै योगेन्द्र यादवले १३६ मत, कांग्रेसबाट भेल्हीका जगदीश प्रसाद यादवले १०९ मत र लोकतान्त्रिकबाट विषहरियाका किसुनदेव यादव १०२ मत पाएका छन् ।
वडा नं. १४ मा वडाध्यक्ष निर्वाचित राजपाका शोभा लाल मंडलले २९१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट पुर्ना परसाहीका जगदीश मंडलले २२४ मत पाएका छन् । यस वडामा कांग्रेसबाट पुर्ना परसाहीका सत्य नारायण मंडलले १८६ मत पाएर तेस्रो स्थान प्राप्त गरेका छन् । फोरमले ५३ मत पाएको छ ।
वडा नं. १५ मा वडाध्यक्ष निर्वाचित रामप्रसाद यादवले ४३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट मर्राहीका उमेश प्रसाद यादवले २५८ मत र उनलाई पछ्याउँदै माओवादीबाट नवटोलका अरविन कुमार यादवले २५७ मत पाएका छन् । लोकतान्त्रिकबाट मुसहर्नियाका भोला साहले १२८ मत पाएका छन् ।
वडा नं. १६ मा राजपाका बुचाई दासले २४४ मत प्राप्त गरी वडाध्यक्ष भएका छन् भने माओवादीका गुलाब प्रसाद देवले २२३ मत, कांग्रेसका रामकुमार यादवले १७४ मत, लोकतान्त्रिकका नरेन्द्र प्रसाद देवले १५४ मत पाएका छन् । फोरमले ८३ मत र एमालेले ४१ मत पाएका छन् ।