
राजविराज–उप–प्रधान एवं संघीय मामिला तथा स्थानिय विकास मन्त्री विजय गच्दारको तत्कादिन पार्टी नेपाल फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य शैलेश चौधरी बुधबार संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।
गच्छदारको पार्टीको आस्तिव बचाएर राखिरहने नेता चौधरी संघीय समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनलाई राजविरजमा एक कार्यक्रमकाबीच उपेन्द्र यादवले पार्टी प्रवेश गराए ।
शिर्ष तहको नेता जता गए अरु नेतालाई पनि उत्तै जानु पर्ने परम्परा लाई तोड्दै चौधरी संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश पछि बोल्दै चौधरीले आफू जिवन पर्यन्त संघीय समाजवादी फोरममा रहेर सेवा गर्ने प्रतिवद्धता जनाए ।
स्थानिय तहको चुनाव देखि टिकटको विषय लिएर सप्तरीमा कैयौं नेता कार्यकर्ता पार्टी परिवर्तन गरेको विषयमा यहाँ सिद्धान्त र संस्कार विहिन राजनीति हावी हुँदै गएको चर्चा चलिरहको कुरालाई खण्डन गर्दे चौधरीले भने “राजनीतिमा यस्तो हुनु स्वाभाविक हो यसलाई अस्वाभिव रुपमा लिनु हुन्न, समय र आवश्यता अनुसार पार्टीका नेता कार्यकताहरुले यस्तो काम गर्छन् ।”
फोरम लोकतान्त्रिका अध्यक्ष गच्छदार हुँदाकै अवस्थामा सप्तरीमा पार्टीको जिल्ला अध्यक्ष सहितका कार्यकर्ता राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा गएपनि चौधरीले सप्तरीमा पार्टीको अस्तिव कायम राखेका थिए तर गच्छदार सहित लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा विलय भएपछि चौधरी संग अर्को पार्टी रोज्नुको विकल्प थिएन् ।
सप्तरी जिल्लाको राजनीतिमा चिरपरिचित नाम चौधरी विद्यार्थी जिवन देखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । २०४७ सालमा नेपाल सद्भावना पार्टीबाट उम्म्ेदवार भई राजविराज नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।
उपेन्द्र सप्तरी २ बाट चुनाव लड्ने
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । विहिवार मनोनयन पत्र दिनका लागि उनी सप्तरी आई पुगेका छन् ।
राजविराजमा पार्टी प्रवेश कार्यक्रममा बुधबार उनले सप्तरीको २ नम्बर क्षेत्रबाट चुनाव लड्ने घोषणा गरे । यस अघि सप्तरी २ नम्बरबाट केन्द्रिय सदस्य शेलेन्द्र साहको नाम निकै चर्चामा थियो ।
विहिवार मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि मनोनयन पत्र दर्ता हुँदैछ ।