शिव दयाल यादव
सिरहा,कार्तिक२७ गते । जिल्ला समन्वय समिति सिरहामा बाम गठबन्धनको पूरै प्यानल विजय भएका छन । ९ सदस्यीय जिल्ला समन्वय समितिको अध्यक्ष,उपाध्यक्ष र सदस्यहरुमा बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
अध्यक्षमा बामगठबन्धनवाट रामचन्द्र ठाकुर(माओवादी केन्द्र),उपाध्यक्षमा सरोज कुमार यादव(नेकपा एमाले),महिला सदस्यहरुमा तेतरा मोची,गिता पासमान,नुरहजा खातुन र कृष्णमाया कामी र पूरुष सदस्यहरुमा उमेश कुमार सिंह,छविलाल यादव र शुभनारायण यादव निर्वाचित भएका छन् ।
अध्यक्षमा संघिय समाजवादी फोरमका बादल यादव र उपाध्यक्षमा नेपाली काँग्रेसका विसुन साह पराजित भएका छन् । ३४ मत मध्ये ३३ मत खसेको थियो । जसमा १ मत पूर्ण बदर भएको मूख्य निर्वाचन अधिकृत सुर्दशन पाण्डेले बताउनुभयो ।