जनकपुरधाम/नेपाली कांग्रेसका नेता तथा धनुषा-३बाट प्रतिनिधि सभाका उम्मेद्वार बिमलेन्द्र निधिका गुण्डाले स्थानीय पत्रकारलाई हातपात गरे संगै ज्यान मार्ने धम्की दिएका छन् | भानुचौकमा एउटा कार्यक्रममा रिपोर्टिंग गर्न गएका जनकपुरधाम स्थित मिथिलांचल एफएममा कार्यरत पत्रकार कुलदीप साहलाई बिमलेन्द्र निधिका गुण्डा राकेश बिक्रमले हातपात गरेका छन्|
फेसबुकमा लेखेको एउटा स्ट्याटसले रिसाएका राकेश बिक्रमले कार्यक्रम स्थलमै गई पत्रकार कुलदीप साहलाई सार्वजनिक रुपले हातपात गर्दै आफ्नो विरुद्ध समाचार लेखे ज्यान मार्ने धम्की दिएका छन्| कुलदीपले आफ्नो फेसबुकमा राकेश बिक्रम कांग्रेसमा गएर कुनै फायदा नरहेको र राकेश बिक्रमसंग रहेको सबै युवाले आज उनलाई छोडेर राजपामा प्रवेश गर्दै छन् | यसकै निहुँमा राकेश बिक्रमले पत्रकार कुलदीप साहलाई आफुले हातपात गरेको स्वीकार गरेका छन् | अन्य पत्रकारहरुले हातपात गर्न रोके पछि उनले ज्यान मार्ने समेत धम्की दिएका छन्|
राजपा नेता र धनुषा-३का प्रतिनिधि सभाका अर्का उम्मेद्वार राजेन्द्र महतोको सभा शुरु हुनु भन्दा पहिलेनै नेपालि कांग्रेसको झण्डा लागेको भारतीय नम्बर प्लेट BHR 068 1389 को स्कोर्पियो गाडीमा आएका निधिका गुण्डा राकेश बिक्रम सहित करिब आधा दर्जन कांग्रेसी कार्यकर्ताहरुले पत्रकार कुलदीप साहमाथि हातपात गर्दै ज्यान मार्ने समेत धम्की दिएको घटनाका प्रत्यक्षदर्शी जानी खानले बताए|
केही दिन अघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका राकेश बिक्रम साह स्थानीय तहको निर्वाचनमा स्वतन्त्रमा उपमेयर पदमा चुनाव लडेका थिए | जेलमा बन्द संजय टकलाको खास मान्छे भन्दै निधिले राकेश बिक्रमलाई पार्टीमा भित्राएका थिए | राकेश बिक्रमले आफुसंग जनकपुरको युवाहरुको साथ रहेको र जेलमा बन्द संजय टकलाको आशिर्वाद पनि आफुलाईनै रहेको दाबि गरेका थिए| तर, आज उनि निकट रहेका प्रशानत झा सहित करिब २५० जना युवाहरु राजपामा प्रवेश गरेका छन्|nidhi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको