काठमाण्डाैं । धनुषा ४ मा जारी मतगणनाअनुसार एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् । हाल कांग्रेसका उम्मेदवार महेन्द्र यादव सात सय ४५ मतले महासेठभन्दा अघि छन् ।

हाल यादवसँग तीव्र प्रतिस्पर्धामा रहेका महासेठ मतान्तर घटाउँदै दोस्रो स्थानमा छन् ।

हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरिरहँदा महासेठ भने २७ हजार नौ सय १० मतसहित पछयाइरहेका छन् ।

अब मिथिला नगरपालिकाको वडा नम्बर ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको