सिरहा । कांग्रेस कार्यकर्ता राम शंकर यादवको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय अजयकुमार साह र दिपेन्द्रकुमार यादवले रहेका छन् ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १ बडहरी टोल स्थित नरगी(बडहरी सडक खण्डमा अघिल्लो शुक्रबार सोही ठाउँका ३२ वर्षीय यादवको हत्या गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा स्थानीय साह र यादवले रामशंकरलाई कर्तव्य गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीका अनुसार चुनावमा मत कम आएको विषयमा उनीहरुबीच विवाद हुँदा घटना भएको थियो । कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको