राजविराज ।  भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार ‘संगीत सुकुन’ नामक सांगीतिक कार्यक्रम आयोजना गरेको छ।

भारतीय सांगीतिक समूह कर्नाटिक २.० र नेपाली सांगीतिक समूह कुटुम्बले उक्त कन्सर्टमा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा भारतको ७४औं गणतन्त्र दिवस पनि मनाइएको थियो।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति रहेको थियो।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा प्रधानसेनापति प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो।

सो कार्यक्रममा कर्नाटिक २.० सांगीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्‍याे। त्यस्तै नेपाली सांगीतिक समूह कुटुम्बले नेपाली मौलिक संगीत प्रस्तुत गर्‍याे। दुई सांगीतिक समूहले ‘तालको पानी माछीले खानी’ बोलको नेपाली लोकगीत पनि एक साथ प्रस्तुत गरे।

No description available.

भारतीय सांगीतिक समूह कर्नाटिक २.० ले कर्नाटक संगीतको विभिन्न रागलाई पश्चिमा संगीतसँग संयोजन गरी संगीतमा नयाँ प्रयोग गर्दै आएको छ। कुटुम्ब विभिन्न नेपाली लोकबाजा प्रयोग गरी नेपाली मौलिक संगीतलाई संरक्षण एवं प्रवर्द्धन गर्न समर्पित सांगीतिक समूह हो। कर्नाटिक २.० ले शनिबार पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको