राजविराज । केही साता देखि सप्तरीमा चिसो बढेपछि एकल महिला र दलित महिलाहरुलाई कम्बल वितरण गरेको छ ।
शनिबार राजविराज नगरपालिका वडा नम्वर १, ५,८, र ९ नम्वर वडाका एकल महिला र दलित महिलाहरुलाई कम्वल वितरण गरिएको छ ।
जनजीवन थप कष्टकर बन्दै गएपछि उनीहरुलाई थोरै भएपनी राहत प्रदान गर्ने उदेश्यले कम्वल वितरण गरिएको राष्ट्रिय एकता अभियानका केन्द्रिय उपाध्यक्ष सुनिता साहले बताए ।
कार्यक्रमका प्रमुख अतिथी मधेशि आयोगका सदस्य रेणु देवी साह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका महिला उपाध्यक्ष अविका दाहाल लगायतले उपस्थिती रहेको थियो ।
कार्यक्रममा एकल महिला र दलित महिलाका ३२ जनालाई कम्वल वितरण गरिएको उपाध्यक्ष साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको