काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन्।सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरूसँग भोलि (मंगलबार) बिहानबाटै छलफल सुरू गर्ने पनि स्पष्ट पारे। उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने दाबी समेत गरे।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरू हुन्छ। जो/जो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ। सबैसँग बसेर २/४ दिनभित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ। भारत भमणको टुंगो छैन। सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरूआतमा हुन सक्दछ। जति भयो त्यो चाहिँ पर्याप्त छ। अब आरामसँग सरकार चल्छ। अब विकास, निर्माणको कामले गति लिन्छ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको