काठमाडौं । सुदूरपश्चिम प्रदेशले लललितपुर मेयर्स कप महिला टी-२० च्याम्पियनसिपमा ललितपुर मेयर्स ११ सामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको हो।
ओपनर तथा कप्तान बिन्दु रावल १८ रनमा बोल्ड आउट भइन्। १ बलको सामना गरेकी बिन्दुले ४ चौका हान्दा सोनी पाख्रिनको बलमा बोल्ड आउट भइन्। रुवी पोडार २८ बलमा क्याच आउट भइन्।
३३ बलमा ४ चौका हानेकी पोडार कृतिका मरासिनीको बलमा अस्मिना कर्माचायको हातबाट क्याच आउट भईन्। रेवती धामी डक आउट भइन्। चौथो ओभरको लागि सम्झना खड्का र कविता जोशीले ६७ रनको साझेदारी गरे।
सम्झना ५१ र कविता २७ रनमा नटआउट रहे। ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हानिन्। कविताले २८ बलमा २ चौका र १ छक्का हानिन्।
ललितपुरकी कृतिका मरासिनीले दुई विकेट लिइन्। कृतिकाले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिइन्। सोनी पाख्रिनले एक विकेट लिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको