काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभरबाट १४८८ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४१ र एन्टीजेनबाट ९४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको छ ।
यो अवधिमा ७४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ।
मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको