राजविराज। भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना बन्ने भएका छन् । स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास, काठमाडौं र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच विहिवार एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । यी दुई परियोजनाको कूल अनुमानित लागत नेरु। ८.०३३ करोड रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् । परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।

यी परियोजनाको निर्माणले स्थानीयवासीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको