राजविराज । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।

विद्यालयद्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका वडा नम्वर २ झुटकी वस्ने १५ वर्षीय तेसलान्नद यादवको आज बिहान मृत्यु भएको हो ।

राजविराज कुनौली रोडमा रहेको सो विद्यालयमा शुक्रबार करेन्ट लागेर घाइते भएका विद्यार्थीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा पुराएलगत्तै उहाँको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो । मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले विद्यार्थी मृत्यु भएको भन्दै विद्यार्थीका आफ्त र विद्यार्थीहरुले विद्यालय अगाडी आन्दोलन गरि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको