राजविराज । हुलाकी सडक अन्तर्गत कंचनपुर रोड फराकिलो गर्न अतिक्रमण गरी बनाएको संरचना खाली गर्न राजविराज नगरपालिकाले शनिवार डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
राजविराज नगरपालिका वडा नम्बर ३ र ८ मा पर्ने कंचनपुर रोडस्थित हुलाकी राजमार्गको दायाँ बाँया ७.५÷७.५ मिटर जग्गा खाली गराउन शनिवार डोजर चलाएको हो ।
वडा कार्यालय ८ र ३ तथा राजविराज नगरपालिकाले ७ दिन अघि नै सूचना जारी गर्दै कंचनपुर रोडको दायाँ बायाँ भौतिक संरचना हटाउन समय सिमा शुक्रवार सकेपछि डोजर लगाएर सडक बिस्तार गर्दै छ ।
नगरपालिकाले बिहान देखि पुनः नापजाँच गरि डोजर लगाएर मूल सडकको दायाँ बायाँ ७.५÷७.५ मिटरमा बनाइएको भौतिक संरचना हटाउने लागेको राजबिराज वडा ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए ।
राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख इसरत परबिनले पूर्वसूचना अनुसार शनिवार बिहानैदेखी नापजाँच गरी संरचना भत्काउने काम सुरु गरेको बताइनँ ।
हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ६ र ७, र ३ र ८ राजरंगशाला र कंचनपुर रोड भएर सिरहा रोड हुने गरि नक्सांकन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको