रामशंकर भण्डारी
राजविराज । वर्षासँगै नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही स्थित बलान नदीको बाँध भत्किएको छ ।
बढीले बेल्हीमा रहेको तटबन्ध बाँध भत्किएर बाढी बस्तीमा पस्दा सो टोलका १ सय भन्दा बढी घर डुवान परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित भएको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।
अध्यक्षका अनुसार दुई ठाउँमा ५०÷ ५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएको हो । ‘गुणस्तरीय रुपमा बाँध निर्माण नहुँदा बाँध भत्किएको स्थानियहरु बताउछन । स्थानिहरुले भने– यस क्षेत्रका जनतालाई वर्षेनी यस्तै समस्याले पिरोलेका हुन्छन् तर पनि ठोस रुपमा बाँध निर्माण गराउनेतर्फ सरोकारबालाको ध्यान पुग्दैन् ।’ उनिहरुले दिर्घकालिन समाधानका लागि सरोकारवालाहरु संग पहल गरिदिनु हुन आग्रह गरद्घे ।
जिल्ला अधिकारीहरुद्वारा स्थलगत निरीक्षण
बाँध भत्किएसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितका टोलीले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण गर्दै प्रमूख जिल्ला अधिकारी थापाले बाढी प्रभावित क्षेत्रका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली प्ररिचालन गरिएको बताए ।
‘बाढीले थप क्षति नहोस् भनि हामीले बाँध भत्किएसँगै सशस्त्र र नेपाल प्रहरीको टोली खटाएका थियौं, अहिले स्थलगत निरीक्षण गरेका छौं’ उनले भने, ‘तत्कालै हामीले गर्नुपर्ने कार्य गरिसके कै छौं । थप यस विषयमा अन्य सरोकारबालासँग पनि समन्वय गर्छौ ।’
टोलीमा राष्ट्रिय अनुसन्धानका उप–निर्देशक सुरेन्द्र कोइराला, नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, जलश्रोत तथा सिंचाई विकास डिभिजनका प्रमुख रमणकुमार साहले अ लगायतले स्थलगत नीरिक्षण तथा अनुगमन गरेका थिए ।