
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।
नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् । नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् ।
सुदूरपश्चिमबाट खेल्दै आएकी रुबीले पहिलो पटक नेपाली टिममा स्थान बनाएकी हुन् ।
उनले नियमित विकेटकिपर काजोल श्रेष्ठलाई प्रतिस्थापन गरेकी हुन् ।
यसै प्रतियोगिताको लागि पहिलो पटक टिममा परेका स्पिनर खुसी ढंगोल र पूजा महतोले भने यसअघि नै नेपालका लागि डेब्यु गरिसकेका छन् ।