सिरहा । सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार सिरहा नगरपालिका वडा नम्बर १७ माडर काली चौक स्थितमा प्रहरी चौकी खिरौना र ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिगएको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा भारतको जयनगरबाट नेपाल तर्फ आउदै गरेको बिआर ७ सि ४२२४ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा दुईजनालाई रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा कार चालक सिरहा नगरपालिका वडा नं।१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव र वडा नं। ७ हेमनारायण चौक बस्ने ४२ वर्षीय संजय कुमार साह रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।
कारलाई चेकजाँच गर्दा कारको आगाडीको सिट मुनीको भागमा घर्रा जडान गरी घर्रा भित्र कालो प्लास्टिकमा लुकाई छिपाई ल्याएको स्रोत नखुलेको ४४ लाख नगद बरामद गरिएको हो ।
प्रहरीले बरामद गरेको रकमसहित गाडी र चालकलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय,ईटहरी बुझाउने तयारी भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको