काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार अपरान्ह अध्यक्ष ओली र सिनेटर होलेनबीच भेटवार्ता भएको हो ।
भेटमा अमेरिकी सिनेटर होलेनले अध्यक्ष ओलीलाई शान्ति प्रक्रियाका बाँकी काम कसरी अघि बढ्छ भनेर सोधेका थिए ।अध्यक्ष ओलीले शान्ति प्रक्रियामा टुंगोमा पुग्न लागिरहेको जानकारी गराएका थिए ।
उनले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ भनेर चासो समेत राखेका थिए । त्यसक्रममा उनले एमसीसी कार्यान्वयनमा गएकोमा नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई धन्यवाद दिएका थिए ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी)सँग भएको सम्झौता कार्यान्वयन सुरु भएकोमा अमेरिकी सिनेटर होलेनले खुसी व्यक्त गरेका थिए ।
होलेन गत शुक्रबार नेपाल आएका हुन् । होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost